- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

प्रचण्ड-नेपाल पक्षद्वारा ९ गते विशाल विरोध प्रदर्शन गर्दै

January 21, 2021
577
Shares
- ADVERTISEMENT -

काठमाडौँ, बिहिबार, ८ माघ २०७७ । नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले माघ ९ गतेका लागि तय गरेको विशाल विरोध प्रदर्शनका लागि आन्तरिक निर्देशिका तयार गरेको छ ।

केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठद्वारा जारी निर्देशिकाअनुसार प्रदेश, जिल्ला, जबस मोर्चा संगठनहरुले विरोध प्रदर्शन एवम् सभामा सहभागिता गराउने भनी जानकारी दिएको संख्यामा नघटाउने गरी अनिवार्य उपस्थिति गराउनुपर्नेछ । प्रदर्शनको दिन पौने ११ बजेसम्म तोकिएको स्थानमा भेला भइसक्नुपर्नेछ ।

- ADVERTISEMENT -

Advertisement

आन्दोलनमा सहभागी हुनेहरूलाई काठमाडौं उपत्यकामा १० वटा स्थानलाई मुख्य आर्कका रुपमा तोकिएको छ । जसअनुसार माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्टिबाटिका, त्रिचन्द्र कलेज, बाल्मिकी कलेज क्षेत्रबाट जुलुस निकालिने छ ।

सबैतिरका जुलुस रत्नपार्कमा जम्मा भएर मुल जुलुसमा परिणत हुनेछ । उक्त जुलुस रत्नपार्क, बागबजार, पुतलिसडक, प्रदर्शनीमार्ग, भद्रकाली, शहिदगेट, भोटाहिटी, रत्नपार्क, विद्युतप्राधिकरण हुँदै सभामा परिणत हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -