- ADVERTISEMENT -

पोखरा प्रिमियर लिगः चितवन राइनोज भर्सेस पोखरा पल्टन, कसले जित्ला उपाधि ?

November 5, 2018
977
Shares
- ADVERTISEMENT -

काठमाडौं, कार्तिक १९ । पोखरा प्रिमियर लिग (पिपिएल) को उपाधि भिडन्त मंगलबार हुँदैछ । उपाधिका लागि घरेलु टिम पोखरा पल्टन र चितवन राइनोजबीच कडा प्रतिस्पर्धा हुनेछ। खेल विहान ११ बजे पोखरा क्रिकेट मैदानमा सुरु हुनेछ।

शरद भेषवाकरको नेतृत्वको पोखरा लिग चरणको शीर्ष स्थानमा रहदैं सिधैं फाइनलमा पुगेको हो। पारस खड्काको कप्तानीमा रुरहेको चितवन भने एलिमिनेटरको खेलमा काठमाडौं रोयल्समाथि ६ विकेटको शानदार जित निकाल्दै फाइनलमा पोखरासँग भिड्न स्थान बनाएको हो ।

- ADVERTISEMENT -

Advertisement

फाइनलअघि आज (सोमबार) आयोजकले पोखराको सारांकोटमा पत्रकार सम्मेलन आयोजना गरेको छ । पत्रकार सम्मेलनमा दुवै टिमका कप्तानले आफ्नो उद्देश्य उपाधि जित्ने रहेको र त्यो पूरा हुन अब एक कदम बाँकी रहेको प्रतिक्रिया दिएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -