- ADVERTISEMENT -

पालुङटार नगरपालिकाले विभिन्न कार्यक्रमका साथ अन्तरास्ट्रिय साक्षरता दिवस तथा रास्ट्रिय शिक्षा दिवस मनाउने

July 31, 2019
880
Shares
- ADVERTISEMENT -

गोरखा, १५ साउन २०७६ । पालुङटार नगरपालिकाले विभिन्न कार्यक्रमका साथ अन्तरास्ट्रिय साक्षरता दिवस तथा रास्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ ।

नगर शिक्षा समितिको बैठकले यही भदौ २०, २१ र २२ गते बिभिन्न कार्यक्रमका साथ दिवस मनाउने निर्णय गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

दिवसको अबसरमा भदौ २० गते जनता मा।वि। आपँपीपलको संयोजनमा समृद्ध पालुङटारका लागि यूवाको भूमिका विषयक वक्तृृत्वकला प्रतियोगिता हुने भएको छ ।

भदौ २१ गते रजगरे मा बि को संयोजनमा खुल्ला गायन प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताका विजेतालाई भदौ २२ गते भवानी क्याम्पस पालुङटारको प्रांगणमा हुने समारोहमा पुरस्कृत गरीने शिक्षा समितिले जनाएको छ ।

दिवसकै अबसरमा नगरपालिका भित्रकासंस्थागत र सामुदायिक विद्यालयबाट शैक्षिक सत्र २०७५ को एस ई ई मा उत्कृष्ट एक÷ एक र शैक्षिक सत्र २०७५÷०७६ मा कक्षा ११ र १२ को नतिजामा उत्कृष्ट एक विद्यार्थीलाई जनही दश हजार रुपैयाँले पुरस्कृत गर्ने समितिले निर्णय गरेको छ ।

नगर प्रमुख तथा नगर शिक्षा समितिका अध्यक्ष दीपक बाबु कंडेलको अध्यक्षतामा बैठक बसेर उक्त निर्णय गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -