- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

चिकित्सा शिक्षा विधेयक मुख्य मुद्दा : कांग्रेसद्वारा आन्दोलनका कार्यक्रम घोषणा

July 17, 2018
1539
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १ साउन २०७५

प्रतिपक्षीय भूमिका प्रभावकारी हुन नसकेको आरोप खेपिरहेका बेला कांग्रेसको मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले साउन ३ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

सरकारले डा.गोविन्द केसीसंँग भएको सम्झौता अनुसारको चिकित्सा विधेयक संसदमा नल्याएको विरोधमा कांग्रेसले संसद अवरोध गर्दै आएको छ । यही मुद्दालाई केन्द्रविन्दुमा राखेर उसले सडक आन्दोलनको घोषणा गरेको हो । सरकार जनवादी केन्द्रियताको शैलीमा अघि बढेको ठहर समेत कांग्रेसले गरेको छ ।

कांग्रेसको निर्णय अनुसार ३ गते संघीय संसद र सातवटै प्रदेशसभाका बैठक अवरुद्ध गर्ने निर्णय छ । सोही दिन प्राध्यापक संघ र नेपाल चिकित्सक संघको नेतृत्वमा संयुक्त जुलुश प्रदर्शन गर्ने निर्णय कांग्रेसको रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

५ गते तरुण दलको नेतृत्वमा नेतृत्वमा राजधानीमै प्रदर्शन हुनेछ । जसमा सबै भातृसंस्थालाई प्रदर्शनमा सहभागी र समन्वयका लागि पार्टी सभापति देउवाले निर्देशन दिइसकेका छन् ।

६ गते बीपी दिवसका अवसरमा राजधानीमै सरकारका क्रियाकलापलाई लिएर अन्तरक्रिया गर्ने, ८ गते भक्तपुर, ललितपुर र काठमाडौं कांग्रेसको संयुक्त नेतृत्वमा प्रदर्शन गर्ने र १५ गते ७७ जिल्लाकै सदरमुकाममा एकसाथ संयुक्त प्रदर्शन गर्ने निर्णय गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -