काठमाडौँ, २०७५ साल पौष २८ गते शनिबार । सेर्कु शेर्पाद्वारा लिखित ‘शेर्पा समुदायको मौलिक पहिचान’ नामक पुस्तक एक समारोहका बिचमा विमोचन गरिएको छ ।

बौद्ध रामनगर स्थित क्लव मण्डलाको सभा हलमा सेरनिम प्रतिष्ठानका अध्यक्ष,पर्यटन व्यवसायी तथा समाजसेबी आङ फुर्बा शेर्पाको सभा-अध्यक्षतामा, त्रिभुवन विश्व विधालयका प्राध्यापक, साहित्यकार तथा समालोचक महेश पौड्यालको प्रमुख आतिथ्यतामा, नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पा, नेपाल शेर्पा संघका अध्यक्ष  दोर्जी शेर्पा लामा, डा. लाक्पा नोर्बु शेर्पा, नेपाल शेर्पा महिला संघकी अध्यक्ष ङिमी शेर्पा, टानका महा-सचिब आङ पेम्बा शेर्पा लगायत विशिष्ट अतिथि, अथिति महानुभाबहरु, समाजसेबी, विभिन्न संघ-संस्थाका प्रतिनिधी, धर्मगुरुहरु, बुद्दिजीबिहरु, पत्रकारहरुको समुपस्थितिमा आज शनिबार उक्त पुस्तकको बिमोचन गरिएको थियो ।

पुस्तक बिमोचन पश्चात चौरीपालन पेशामा आधारित निर्माण गरिएको हिमाली क्षेत्रमा बसोबास गर्दै लोपोन्मुख चौरी पालन पेशामा आधारित सोलुखुम्बुको धर्म डाँडा र घ्याङ्खर्क क्षेत्रमा सुटिङ गरी विभिन्न अन्तरास्ट्रिय आवर्ड समेत प्राप्त गर्न सफल ” द लस्ट नोमेड्स अफ एभरेस्ट” नामाक डाकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्व विधालयका प्राध्यापक, साहित्यकार तथा समालोचक महेश पौड्यालले शेर्पा समुदायको मौलिक पहिचान’ नामक पुस्तकले आफ्नो समुदायको बारेमा आफ्ना भाबी पुस्ताका लागि आफ्नो जातीको बारेमा दस्ताबेजको रुपमा जानकारी प्रदान गर्न सकिने, अन्य समुदायका लागि उपयोगी हुने र सोहि अनुरुप अनुसरण गर्न ठुलो मद्दत पुग्ने बताउनु भयो । विश्वको सर्वोच्च शिखर भएको देश भएतापनि माउन्टेन एकेडेकी सर्टिफिकेट लिन बिदेश पुग्नु पर्ने बाध्यता रहेको समेत गुनासो ब्यक्त गर्नुभयो ।

शेर्पा जातिको आफ्नो छुट्टै संस्कार, संस्कृति, लिपी, भाषा, परम्परा भएको र अदिम कालदेखि नै शेर्पा जाति विशेषगरी नेपालको हिमाली क्षेत्रमा बासोवास गर्दै आइरहेका छन् । पुस्तकका लेखक सेर्कु शेर्पाले लामो समय शेर्पा समुदायको भाषा, धर्म र संस्कृतिको बारेमा अध्ययन अनुसन्धान गरी यो पुस्तक तयार गरेको र पुस्तक आम्दानी गर्नका लागि नभई आफ्नो समुदायको हित र भाबी पुस्ताका निम्ति लेखेको बताउनुभयो ।

डा. लाक्पा नोर्बु शेर्पा, नेपाल शेर्पा महिला संघ अध्यक्ष ङिमी शेर्पाले राज्यले शेर्पा, नेपाल पर्वतारोहण संघका पूर्व-अध्यक्ष आङ छिरिङ शेर्पा लगायत अतिथि महानुभाबहरुले शुभकामना मन्तब्य दिनु भएको थियो ।

शेर्पा जाति आफैमा शाहसी, वीरता र निडर शेर्पा जातिको आफ्नो छुट्टै जातीय पहिचान रहेको छ । जोखिमपूर्ण पर्वतहरूमाथि विजयी हुने जातिको रुपमा परिचित विश्वको सर्वोच्च शिखर र जोखिमपूर्ण अरू पर्वतहरूको सफल आरोहण गर्न शेर्पा समुदाय नै सफल भएका छन् ।

यस पुस्तकमा शेर्पा जातिको इतिहास, जनसंख्या, संस्कार, संस्कृति, लिपी, भाषा, भेषभुषा, महिला\ पुरुषको पोशाक, आर्थिक क्रियाकलाप, चाडपर्ब, जन्म संस्कार, मृत्यु संस्कार, दाइजो प्रथा, बाजा गाजा, खानपान, कला, खातक (खादा) लगायत अन्य महत्वपुर्ण बिषयका बारेमा सरल, सहज र बुज्ने किसिमबाट समाबेश गरिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्