उ एक इमानदार र कर्तव्यनिष्ठ शिक्षक हो । आजसम्म उसले जुन कुनै विद्यालयमा पढायो सबैमा असाध्यै खुशी छ । उसका विद्यार्थीहरु पनि उसलाई खुब मन पराउँछन् र सम्मान गर्छन्। केही विद्यार्थी त विद्यालय छोडेपछि पनि खासगरी उसैलाई भेट्न विद्यालय आउँछन् ।

उ पनि आफ्नो पेशा र आफ्ना विद्यार्थीलाई एकदमै माया गर्छ। उसलाई आफ्ना सबै विद्यार्थीहरूको नाम र शैक्षिकस्तर थाहा छ चाहे विद्यार्थी विद्यालयमा होस् वा विद्यालय छोडिसकेको होस् । तर, उसलाई यी सबै त्यति सजिलो छैन जति देखिन्छ देखिन्छ । उसलाई कहिलेकाहीँ विद्यार्थीका यस्ता बदमासी देख्नुपर्छ जुन ऊसले कहिल्यै कल्पना पनि गर्न सक्दैन। केही अभिभावकहरु समेत उसलाई भन्ने गर्छन् कि उसले विद्यार्थीहरुबीच भेदभाव गर्छ ।

केही विद्यार्थीहरुलाई उसले धेरै मन पराउछ र परीक्षा मा धेरै अङ्क दिन्छ भन्ने आरोप लगाउँछन् ।

केही अभिभावक त उसलाई व्यक्तिगतरुपमा फोन गरेर यस्ता उस्ता कुरा गर्छन् जसले उसलाई ज्यादै तनाव दिन्छ। यी सबै घटनाहरूका बाबजुद उसले आफ्ना समस्याहरु पत्ता लगाउने कोसिस गरेको छ ।

• शिक्षण सिकाइको क्रममा विद्यार्थीहरुबाट पूरा सहयोग नहुनु। कक्षामा टिमवर्क भन्ने कुनै चिज नै नहुनु ।
• एकै समयमा उसले आफ्नो विद्यार्थीको साथी पनि हुनुपर्ने र अभिभावक पनि हुनुपर्ने। एकै समयमा दुई छुट्टाछुट्टै भूमिका निभाउन उसकोलागि मुस्किल पर्नु ।
• विद्यार्थीहरुलाई पढाउँदै जाँदा उसले आफ्ना सबै आवश्यकता हरु बिर्सनु ।
• उसलाई एकै समय कोही विद्यार्थीको साथ नरम र कुनै विद्यार्थीको साथ कडा व्यवहार देखाउनु पर्ने। एकै समय दुई प्रकारका इमोसन लाई समाल्न उसलाई चुनौतीपूर्ण हुनु ।
• उ विद्यालयमा विद्यार्थीसँग र घरमा विद्यार्थीलाई पढाउने सरल उपाय सोच्दासोच्दै व्यस्त हुने हुँदा व्यक्तिगत जीवनमा यसको प्रभाव पर्नु ।
• विद्यार्थी र अभिभावकमा बाट मात्र होइन विद्यालय प्रशासनसँग पनि कहिलेकाहीँ समस्याहरु झेल्नपर्नु ।

यी तमाम समस्याहरुका बावजुद उसले समाधानका लागि केही सोच्न थाल्छ ।
• आफ्नो काम इमान्दारिताका साथ सम्पन्न गर्ने र विद्यार्थीहरुसँग साथीभाइको व्यवहार गर्ने ।
• पढाउने समय कुनै पनि विद्यार्थीहरू बिच भेदभाव नगर्ने ।
• हुनसक्छ शिक्षकका लागि कुनै विद्यार्थी ज्यादै मनपर्छ तर सबै उसप्रति धेरै सहानुभूति देखाउनु ठीक छैन । यो बानी सुधार्ने ।
• अभिभावकहरुले आफूप्रति शिकायत गरेमा यसलाई मनमा नलिने तर उनीहरुका कुरा ध्यानपूर्वक सुने र सम्झने कोसिस गर्ने कि के वास्तवमा नैं आफुमा केही कमजोरी छ? छ भने सुधार गर्ने ।
• आफूलाई विद्यार्थी र विद्यालय प्रति यति धेरै समर्पित नगर्ने कि जसले आफ्नो व्यक्तिले जीवनमा प्रभाव पारोस् ।
• समयसमयमा विद्यालयबाट फुर्सद लिने र फ्रेस हुने ।
यदि आफू विद्यालय र विद्यार्थीबीच पढाइमा तालमेल मिलेको छैन भन्ने महसुस भएमा सहकर्मी र अनुभवी व्यक्ति सँग सल्लाह लिने ।

डिल्ली राम भट्ट
शिक्षक, श्री भगवती मा वि भिमसेन थापा गा पा ४ गोरखा ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्