गोरखा, ९ साउन २०७६ । भिमसेन थापा गाउँपालिकामामा भिमसेन थापाको २४४ औं जन्म जयन्ती भब्य रुपमा मनाएको छ ।

स्थानिय तहको निर्वाचन पश्चचात राष्ट्रिय विभूती भिमसेन थापाको जन्म स्थल गोरखामा पहिलो पटक औपचारीक कार्यक्रम गरी मनाइएको आज पहिलो हो ।

गोरखा नगरपालिकाको पदेलीथोकमा पुख्यौली घर भएका थापाको सम्झनामा नगरपालिकाले भिमसेन पार्क समेत निर्माण गरी रहेको छ ।

भिमसेन थापाको त्याग र बलिदानको सम्मान गर्दै रियाली आयोजना गरिएको छ ।

थापाको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गर्दै आज गाउँपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।

थापाको जन्मको बिषयलाई लिएर विवाद छ । पुख्यौली थलो गोरखा सदरमुकामको पिपलथोक भएता पनि उनकी आमा गोरखाको बोर्लाङ्गमा माईत गएको बेला भिमसेन थापालाई बोर्लाङ्गमा नै जन्म दिएको एक थरीको भनाई छ भने अर्का थरीले उनी पुख्यौली थलोमा नै जन्मिएको दावी गर्दै आएको छ ।

गोरखाको भिमसेन थापा गाउँपालिकाले नेपालका राष्ट्रिय विभूति भिमसेन थापाको २४४ औं जन्म जयन्तीको अवसरमा उहाँको जन्मस्थल बोर्लाङ्ग चण्डीथानमा र गाेरखा नगरपालिकाले पिपलथाेकमा विशेष कार्यक्रमको आयोजना गरि स्मरण गरेको छ ।

त्यसै गरि राष्ट्रिय विभुति वडाकाजी अमरसिंह थापाकाे पनि श्रावण १६ गते देहवसान भएकाे दिनमा स्मृति जयन्ती आयाेजना गरि उहांकाे जन्मस्थानमा सिरानचाेक गा पा भरी बिदा दिई स्मृति जयन्ती मनाउन अाग्रह समेत गरेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्