गोरखा, १९ पौष २०७५ । बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानीको पोखरी गाउँमा शहिद प्रेम ढकाल स्मृति कप फुटबल प्रतियोगिता हुने भएको छ ।

बारपाक सुलिकोट गाउँपालिकाको आयोजना र गोरखाद्वीप युवा क्लबको सह-आयोजनामा यहि पुस २७ गतेदेखी प्रतियोगिता सुरु गर्न लागिएको आयोजकले जनाएको छ ।

द्वन्द्वमा मारिएका तत्कालिन माओवादी नेता प्रेम ढकालको स्मृतिमा हुने फुटबल प्रतियोगिताको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिनुभयो ।

फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने प्रतियोगीलाई ३५ हजार नगदराशी, शिल्ड मेडल तथा प्रमाणपत्र, त्यसैगरी द्रितिय स्थान हासिल गर्ने प्रतियोगीलाई २५ हजार नगद राशी सहित शिल्ड मेडल तथा प्रमाणपत्र र सेमिफाइनलमा पुग्ने २ टिम लाई ८ हजार नगदराशीले सम्मान गरिने गाउँपालिकाका खेलकुद संयोजक तथा वडा अध्यक्ष कृष्ण गुरुङ्गले जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्