कामठाडौं, ४ भाद्र २०७६ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच दिउँसो भेटवार्ता भएको छ । बुधबार काठमाडौं आएका भारतीय विदेशमन्त्री जयशंकर प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

भारतीय विदेशमन्त्री जयशंकर नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन काठमाडौं आएका हुन् । प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीचको भेटवार्ता शिष्टाचार मात्र हो ।

भेटमा दुवैतर्फ स्थानीय सरकार रहेको र राजनीतिले पनि स्थायित्व प्राप्त गरेकाले दुई देशबीचका नीतिगत स्थायित्वलाई पनि अगाडि बढाएर लैजानुपर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डा। राजन भट्टराईले जानकारी दिए ।

भेटमा भारतीय विदेशमन्त्री जयशंकरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनुभएको सन्देश सुनाउनुको साथै प्रवुद्ध समूहको प्रतिवेदनलाई उपयुक्त समयमा बुझ्ने जानकारी गराएको पनि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार भट्टराईले बताए ।

भारतीय विदेशमन्त्री जयशंकर नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठकमा सहभागी हुन भारतीय पक्षको नेतृत्व गर्दै बुधबार दिउँसो काठमाडौं आएका हुन् । आयोगको बैठक पनि बुधबार नै सुरु हुँदैछ । भोलिसम्म काठमाडौंमा रहने भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी, विभिन्न राजनीतिक दलका नेतालगायतसँग पनि भेटवार्ता गर्नेछन् ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्