९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका मन्त्री तथा राज्यमनम्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा ओलीको नाममा एभरेष्ट बैंकमा ४२ लाख रुपैयाँ रहेको छ। सम्पत्ति विवरणमा प्रधानमन्त्रीले यसको स्रोत तलब भत्ता भनेका छन् भने बाँकी सबै चल/अचल सम्पत्ति श्रीमति राधिका शाक्यको नाममा रहेको देखाइएको छ।
संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँग सवारी साधनका नाममा एक थान पुरानो साइकल मात्र रहेको पाइएको छ । पण्डितले मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसमा सवारी साधानमा पुरानो एक थान साइकल रहेको उल्लेख छ ।
विराटनगर १२ मा एक कठ्ठामा बनेको ५ कोठे घर छ । ललितपुर भैसेपाटीमा पत्नी विमला तामाङको नाममा ४ आना जग्गा रहेको पनि उनले उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन र १५ तोला चाँदी छ भने बैंकमा पण्डितको नाममा २५ लाख र बिमलाको नाममा ३० लाख बचत रहेको उल्लेख छ ।