गोरखा, २०७५ साउन २३ । २४ औं आदिबासी जनजाती दिवस २०७५ को अवसरमा गोरखाको पालुङ्टार नगरपालिकामा भोलि बिहिबार ठाँटीपोखरीस्थित समीचौतारामा एक विशेष कार्यक्रम गर्न लागिएको छ ।
आदिवासी जनजातीहरुबीच एकता, भातृत्व भावका साथै सम्पूर्ण नेपालीहरुबीच मेलमिलाम गराउन सहयोग पुगोस भन्ने हेतुले कार्यक्रमको आयोजना गरेको आदिवासी जनजाती कार्यक्रम का संयोजक बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रम पालुङ्टार नगरपालिकाका नगरप्रमुख इन्जिनियर दिपक बाबु कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न गर्न लागिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा नगरपालिका भित्र रहेका विभिन्न जातजातीहरुको भेषभूषा तथा संस्कृति झल्कने गरी सांस्कृतिक कार्यक्रमहरु गरिने तथा विभिन्न झाँकीहरु प्रस्तुत गरिने नगरपालिकाका दिपक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।