काठमाडौं, १४ भाद्र २०७६ ।संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री  योगेश भट्टराईले पूर्व प्रधानमन्त्री एवम प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवासंग भेटघाट गरेका छन् । शनिबार बिहान देउवा निवास बूढानीलकण्ठमा भट्टराई देउवालाई भेट गर्न पुगेका थिए ।

भट्टराईले आफ्ले सम्हालेको मन्त्रालयका तर्फबाट भईरहेका काम, मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको बताएका छन् ।

देउवासंग भेटघाट गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै मन्त्री योगेशले यस्तो लेखेका छन् । “पूर्व प्रधानमन्त्री एवम प्रमुख प्रतिपक्षी दलका नेता माननीय शेरबहादुर देउवासँग आज बिहान उहाँको निवास बुढानीलकण्ठमा भेटघाट गरी मैले सम्हालेको मन्त्रालयका तर्फबाट भईरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको छु । मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा उहाँले अभिरुचिका साथ सुन्नुका साथै महत्त्वपूर्ण सल्लाह सुझाव दिनु भएको छ । त्यसका लागी म उहाँलाई हार्दिक ध्यानवाद ज्ञापन गर्दछ

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्