काठमाडौँ, २१ साउन २०७६ । मंगलवार संसदमा बोल्दै कांग्रेसकी सांसद तथा सचेतक पुष्पा भुसालले नेकपाले नियम मिचेर सरकारी जग्गामा पार्टी कार्यालय बनाएको भन्दै आपत्ति जनाएकी छिन् ।

भुसालले सत्तापक्षलाई चैन, अरूलाई ऐन भन्दै नेकपाले प्रतिपक्षको भन्दा आफ्नो प्रतिष्ठाको बढी चिन्ता गर्नुपर्ने बताएकी हुन् ।

‘नेकपाले नियम मिचेर, कानून मिचेर पार्टी कार्यालय संचालन गरेको कुरा उठिरहेको छ,’ भुसालले भनिन्, ‘प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको प्रतिष्ठालाई चिन्ता नलिऔं, नेकपाको प्रतिष्ठामाथि बढी चिन्ता गरौँ ।

नेकपाले नियम मिचेर सार्वजनिक जग्गामाथि भोगाधिकार गरिरहेको छ, त्यसको चिन्ता गरौँ ।’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्