काठमाडौँ, १५ असोज २०७५ । सरकारले देशभरका जिल्ला समन्वय समितिको नाममा रहेको सबै खाताको विवरण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयलाई पत्र जारी गर्दै आज सोमबार जिसस र साविकको जिल्ला विकास समितिको नाममा रहेको सबै खाताहरुको रकमको विवरण उपलब्ध गराउन भनेकाे छ ।

मन्त्रालयले जिससहरुलाई विवरण पठाउने ढाँचासहितको पत्र पठाई अबकाे ७ दिन भित्र रकमको विवरण उपलब्ध गराउने गरी मन्त्रालयको आर्थिक प्रशासन शाखाको इमेल ठेगाना पनि उपलब्ध गराएको छ ।

जिससको नाममा रहेको कोष खाता, विशेष कोष खाता र चल्ती खाताहरुमा भएको मौज्दातको जानकारी दिन भनिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्