काठमाडौं, २४ साउन २०७६ । सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस आज विहान त्रिशुली नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएका छन् ।
ना ६ ख ७४६९ नम्बरको बस धादिङको वेनिघाट रोराङ गाउँपालिका ३ सोलाङघाटमा विहान सवा ३ बजे त्रिशुली नदीमा खसेको हो । बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान छ ।
मृत्यु हुने तीन जना पुरुष रहेको र उनीहरुको परिचय नखुलेको धादिङका प्रहरीले जनाएको छ भने अन्य १४ जनालाई उद्दार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ ।
बसमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन। अहिलेपनि उद्दार कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।