एजेन्सी, १२ साउन २०७६ । जापानको होन्सु टापुमा ६.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । यो टापुमा सबैभन्दा ठूलो र धेरै जनसंख्या रहेको छ ।

त्यहाँका स्थानीय समयअनुसार आइतबार बिहानै सो भूकम्प गएको अमेरिकी जियोलोजिल सर्भेले जानकारी दिएको छ । होन्सु टापुभन्दा दक्षिणतर्फ ३७५.८ मिटरको गहिराइमा भूकम्पको केन्द्रविन्दु बनाएको सर्भेले जनाएको छ ।

जापानमा उक्त भूकम्प गएपछि सुनामी चेतवनी भने जारी गरिएको छैन । ‘रिङ्ग अफ फायर’मा रहेको जापान धेरै भूकम्प जाने क्षेत्रमा पर्दछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्