गोरखा १३ साउन २०७६ । लियो क्लब अफ गोरखाले जिल्ला भित्रका असाहाय बालबालिकाहरुको सहयोगार्थ यहि साउन २५ गते गाईजात्रा रमाइलो साँझ २०७६ को आयोजना गर्ने भएको छ । गएको बर्ष जस्तै यसबर्ष पनि कार्यक्रमबाट संकलित रकमले अनाथ, असाहाय, बिधार्थी बालबालिकाहरुलाई शैक्षिक समाग्री सहयोगका लागि कार्यक्रम गर्न लागेको क्लबका तृतिय उपाध्यक्ष बालकृष्ण परियारले जानकारी दिनुभयो ।

गोरखा सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गरि क्लबले आर्थिक अबस्था कमजोर भएका बालबालिकाहरुको सहयोगार्थ कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । गोरखा सदरमुकाम स्थित रानीपोखरी परिषरमा हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कुल ५ लाख ८० हजार रुपैया खर्च लाग्ने अनुमान गरिएको कार्यक्रमबाट यसबर्ष करिव १ लाख ३० हजार रुपैया बचत गर्ने क्लबले लक्ष्य राखेको छ ।

कार्यक्रममा लोक तथा दोहोरी गायिक शान्ति श्री परियार, दिपसागर थापा, हरेराम परियार, हास्य कलाकार दीपक थापा, लगायतले मनोरन्जन प्रदान गर्नुहुने पत्रकार सम्मेलनमा उपाध्यक्ष परियारले जानकारी दिनुभयो । त्यस्तै सोही अबसरमा जिल्लाका बिभिन्न भाषभाषीहरुको पहिचान र संस्कृति झल्कने खालका भेषभुषा तथा लाखेनाथ समेत प्रर्दशन गरिएको आयोजकको भनाई छ ।

क्बलले बिभिन्न बिधालयहरुमा छात्रबृति बितरण, अनाथ तथा दृष्टि बिहिनहरुको लागि सहयोग, स्टेशनरी बितरण, जनचेतनामूलक बृतचित्र प्रर्दशन, भुकम्प पछि राहात बितरण, बिभिन्न क्षेत्रमा बृक्षारोपण, लगायतका सामाजिक सेवामूलक काम गर्दै आइरहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्