काठमाडौं, १२ भाद्र २०७६ । तार्केस्वर नगरपालिका-६ धर्मस्थलीमा अवस्थित रहेको गिनिज स्कुलमा बिधालय अभिभावक भेला, तीज गीत, नाच प्रदशन तथा तीज शुभकामना तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा स्कुलका सञ्चालक तथा अध्यक्ष राजन गोतामेको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।

कार्यक्रममा समाजसेबी, सम्पुर्ण अभिभावक, सामाजिक अभियान्ता लगायत लब्ध प्रतिष्ठित ब्यक्तित्वको सहभागिता रहेको थियो ।


बिद्यार्थीहरुले फरक फरक ३ वटा तीज गीतमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए । साथै शिक्षक र अभिभावकको तर्फबाट पनि नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा कार्यक्रममा उपस्थित हुनु भएका सम्पुर्ण महानुभाबहरुलाई दर खुवाइ मायाको चिनो प्रदान गरिएको सह प्रधानाध्यापक सुजन बाबू भट्टले जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्