काठमाडौँ, १४ साउन २०७६ । गायक सुन्दर परियार र रुपा दाहालको स्वरमा रहेको “परदेशी घर फर्कने कहिले हो” गीतको भिडियो सार्बजनिक गरिएको छ ।

वैदेशिक रोजगारीको शिलशिलामा खाडीका राष्ट्रहरूमा चक्कर लगाइ सकेका गायक सुन्दर परियारको यो अर्को गीति एल्बम हो भने परदेशी जिवनको यथार्थलाइ छायांकन गरीएको उक्त गीत गायकको आफ्नै युटुब मार्फत सार्बजनिक गरिएको हो ।

वैदेशिक रोजगारीमा भोग्नु पर्ने समस्याहरू दर्दनाक हुन्छन् । परदेशी भूमिमा पराइको घरको चौकिल्लाभित्र निकै दर्दनाक दिनहरू बिताउन बाध्य हुन्छन्, खाडी मुलुकमा नेपालीहरुको यथार्थतालाइ प्रस्तुत गरिएको छ ।

लय, शब्द, संगीत गायक सुन्दर परियारको रहेको छ । गुरु आमा फिल्म्स प्रा लि को प्रस्तुतिमा स्मृति तिमिल्सिना गुरु आमाको निर्देशनमा, प्रकाश धमालाको सम्पादन, एरेन्ज रामचन्द्र चन्दले गर्नु भएको छ ।

बिमल अधिकारी र सम्झना कडेलको अभिनय रहेको छ भने बाल कलाकार दिप्सन र दीपिकाको रहेको छ ।

भिडियो

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्