काठमाडौँ, बुधबार, १४ माघ २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले निःशुल्क पाउने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारबाट कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप अभियान शुभारम्भ समारोहलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ३ महिनाभित्र सबै नेपालीले निःशुल्क खोप पाउने बताएका हुन् ।

यस्तै, उनले कोरोना भाइरस नियन्त्रणमा पालिकाहरुले ठूलो भूमिका निर्वाह गरेको र उनीहरुले देखाएको सक्रियताको जति प्रशंसा गरे पनि नपुग्ने बताएका छन् । प्रमुख प्राथमिकता रहेको भन्दै उजले कोरोना संक्रमण सुरु हुनेबित्तिकै पालिकाहरुले गरेको कामप्रति धन्यवाद व्यक्त गरेका छन् ।

कोरोनाविरुद्धको लडाईलाई जारी राख्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले छोटो तयारीमै नेपालले खोप ल्याउन सफल भएको उल्लेख गरे । उनले खोप उपलब्ध गराएकोमा भारतका प्रधानन्त्री नरेन्द्र मोदीलाई पनि धन्यवाद दिएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्