काठमाडौं, ५ साउन २०७६ । kist college of management मा कार्यरत शिक्षकहरु चरम शोषणमा परेका छ्न ।

कलेजले एउटा शैक्षिक सत्र ११ र १२ कक्षा सम्पन्न गरेर छोडेको, अन्य कलेजमा गएका शिक्षकहरु लाई प्रदान गर्नु पर्ने असार महिनाको तलब सम्म पनि भुक्तानी नगर्दा शिक्षकहरु श्रम शोषणमा परेका छ्न । १० भन्दा बढी शिक्षकहरुले पूरा सेसन पूरा गरेर छोडदा पनि आफुले पाउनु पर्ने तलब नपाएका गुनासो गरेका छन ।

कुरा गर्ने क्रममा कलेजका प्रिन्सिपल डम्बर सिहले Trinity मा पनि यस प्रकारको नियम नभएको बताउनु भएको छ । असार महिनाको तलब भुक्तानी नगर्दा शिक्षक मारमा पर्नुका साथै बिद्यार्थीहरुबाट भने बार्है महिनाको शुल्क उठाउने गरेका छन ।

त्यति मात्र नभएर कार्यरत शिक्षकहरुको पिरियड समेत घटाएको र पुर्ब सेसन अनुसार पाउनु पर्ने सेवा सुबिधा नपाएको बताएका छ्न । शिक्षकहरुलाई बिना कारण निकाल्ने र चरम श्रम शोषण गरेको बताएका हुन् ।

उक्त कलेज रास्ट्रपतिको ज्वाइँ उमेश थापाको हो र आफुहरु पीडित भएको शिक्षकहरुले जनाएका छ्न ।

शिक्षकहरुको परिचय पत्रमा समाप्त हुने मिति असार मसान्तसम्म भएपछि र सेसन साउन महिनाबाट सुरु हुने भएकाले आफुले पाउनु पर्ने रकम जसरी पनि पाउनु पर्ने शिक्षकहरुको भनाइ छ ।

कसैलाई पनि Appointment Letter नदिएको र हाल सम्म पनि कुनै पनि शिक्षक लाई Appointment Letter दिएको छैन, त्यसैले श्रम शोषण गर्न सहज भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्