काठमाडौं, २८ साउन २०७६ । शनिबारदेखि बेपत्ता भएका भक्तपुरको बालकोटमा बस्दै आएका १३ वर्षीय बालक भेटिएका छन् ।  काठमाडौं बुद्धनगरस्थित केएमसी स्कुलमा कक्षा ८ मा अध्ययनरत बालक जोन्सन रावल आज ललितपुरको गोदावरीमा रहेको ‘भ्वाइस अफ चिल्ड्रेन’मा भेटिएका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र वोगटीले जोन्सनले आफू बाटो बिराएर गोदावरी पुगेको बताएका छन् ।

उनले आफ्नो ठेगाना, आफन्तको नम्बरसमेत बताउन नसकेपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएको समाचारका आधारमा संस्थाले प्रहरीलाई खबर गरेको वोगटीले बताए ।

शनिबार बिहान साढे आठ बजे घरबाट निस्किएका जोन्सनले बुद्धनगरमै बस्ने १८ वर्षीय साथी अभिषेक बस्याललाई भेटेका थिए । त्यसपछि जोन्सन बस चढेर घर गएका थिए । घर जान हिँडेका जोन्सन नभेटिएपछि प्रहरीले जोन्सनको खोजी कार्य तीव्र पारेको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्