काठमाडौँ, साउन १३ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले नियमित, ग्रेड बृद्धि र आंशिक तर्फको सबै विषय र संकायतर्फको परीक्षाफल प्रकाशित गरेको हो ।
बोर्डका अनुसार परीक्षामा नियमिततर्फ २,९२,१५३, ग्रेडबृद्धि तर्फ ७८,७४४ र आंशिक तर्फ ५७,१७० परीक्षार्थी सहभागी थिए ।
बोर्डले २०७६ बैशाख १५ गतेदेखि २६ गतेसम्म संचालित सबै विषयको परीक्षाफल एकै पटक प्रकाशित गरेको हो ।
नतिजा राष्ट्रिय परीक्षा बोर्ड www.neb.gov.np र नेपाल टेलिकमकाे वेबसाइट www.neb.ntc.net.np बाट हेर्न सकिन्छ ।