काठमाडौं, २३ भाद्र २०७६ । चाडपर्वलाई लक्षित गरेर सोमबारदेखि उपत्यकासँगै देशका विभिन्न क्षेत्रमा सहुलियत पसल सञ्चालन हुँदैछन् ।
चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सहुलियत पसल सञ्चालन गर्न लागेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा साल्ट ट्रेडिङ कर्पाेरेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थानले सहुलियत सामान उपलब्ध गराउने छन् ।
उपत्यकासँगै देशभरका ७० स्थानमाा सहुलियत पसल सञ्चालन गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ ।