अमेरिका, १९ भाद्र २०७६ । अमेरिकाको मिसौरी राज्यमा भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ ।

स्थानीय जोप्लिन प्रहरीका अनुसार मंगलबार भएको दुर्घटनामा मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्। श्रद्धा विराटनगरनिवासी हुन् ।

श्रद्धाका बाबु आमा नेपालबाट अमेरिका घुम्न गएका थिए । कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा अस्पताल भर्ना भएका छन् ।

प्रभाशको अवस्था स्थिर छ भने बालकको अवस्था चिन्ताजनक रहेको बताइएको छ। प्रभाश आफ्नो टोयोटा आरएभी ४ हाँकेर मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व गइरहेका थिए । सडक बत्तिमा रोकेका बेला उनले गाडीलाई पछाडिबाट आएको टोयोटाको पिकअप ट्रकले हानेको थियो ।

श्रद्धा र प्रभाश अगाडिका सिटमा थिए । दुर्घटनालगत्तै गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पताल मृत घोषित गरिएको थियो । घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्