काठमाडौं, १२ भदौ २०७६ । नेपाली कांग्रेसले पार्टीको अन्तरिम संरचना गठनका लागि जिल्ला पठाइने प्रतिनिधिको नाम तोकेको छ ।

प्रतिनिधि पठाउनका लागि कांग्रेसले पार्टीको केन्द्रिय निर्वाचन समितिलाई जिम्मेवारी दिएकोमा समितिले अन्तरिम संरचना गठनका लागि जिल्ला पठाउने प्रतिनिधिको टुंगो लगाएको हो । निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले अन्तरिम संरचना गठनका लागि जिल्ला पाउन प्रतिनिधिको नाम टुंगो लगाएको र १५ भदौबाट प्रतिनिधिले जिल्ला गएर काम गरिसक्ने जनाएको छ ।

‘प्रतिनिधिको टुंगो लागिसक्यो, १५ गतेबाट काम सुरु हुन्छ ।’  समितिका संयोजक समेत रहेका नेता अधिकारीले भन्नुभयो । समितिका सचिव केशब रिजालले ७४ जिल्लामा नै प्रजातान्त्रिक लयर्स एसोसियसन (डिएलए) का जिल्ला तहका नेतालाई प्रतिनिधि तोकिएको र तीन जिल्ला डोल्पा, दैलेख र रुकुम पश्चिममा डिएलएको शाखा नभएका कारण शिक्षक संघ वा प्राध्यापक संघ मध्येबाट जिम्मेवारी दिने तयारी रहेको जानकारी दिनु भयो ।

प्रतिनिधिहरुले पार्टीको अन्तरिम संरचना गठनका लागि बनाएको निर्देशिका अनुसार काम गर्ने र संरचना निर्माण गर्दा भएको समायोजनको विवरण प्रमाणित गरेर केन्द्रिय निर्वाचन समितिलाई  पठाउने उनले जनाएका छन । २० भदौभित्र १ सय ६५ प्रतिनिधिसभा तथा ३ सय ३० प्रदेशसभाको क्षेत्रीय कार्यसमिति समायोजन सक्ने र कात्तिकभित्र स्थानीय तहका समेत गरी सबै कार्यसमिति समायोजन गरी सक्ने कांग्रेसको पूर्व तयारी छ । २६ साउनको केन्द्रीय समिति बैठकले सोही बमोजिमको निर्णय  गरेको थियो ।

केन्द्रिय समिति बैठकमा बैठकमा समेत प्रतिनिधि कसलाई पठाउने भन्नेमा विवाद भएको थियो । केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यलाई नै प्रतिनिधि पठाउन संस्थापन पक्षको प्रस्ताव आएपछि इतर पक्षले असहमति जनाएको थियो भने त्यसपछि केन्द्रीय निर्वाचन समितिलाई अधिकार दिइएको थियो ।

प्रतिनिधिले जिल्ला पुगेर पार्टीले अन्तरिम संरचना गठनका विषयमा बनाएको निर्देशिकामा उल्लेख भएका विषयलाई गाइडलाइन मानेर काम गर्ने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसले गत पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकमार्फत पार्टीको विधानलाई संघीय संरचनामा लगेको थियो । जसअनुसार केन्द्रदेखि बुथ तहसम्म गरी कांग्रेसको आठ तहको पार्टीको संरचना विधानमा उल्लेख छ । हाल कांग्रेसको केन्द्र र ७५ जिल्लाबाहेकका संरचना नभएको जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्