१० मङ्सिर २०७५ । माइक्रोसफ्ट अमेरीकाको सबैभन्दा मुल्यवान कम्पनि बनेको छ , जसको बजार पुजीकरण (मार्केट क्याप) ७५३.३ अरब डलर छ, योसँगै एप्पल २०१० पछि पहिलो पटक दोस्रो स्थानमा धकेलिएको छ ।
एप्पल अगस्टमा अमेरिकाको पहिलो १,००० अरब डलर भएको कम्पनि बनेको थियो, जसको मार्केट क्याप शुक्रबार घटेर ७४६.८ अरब डलर भयो जसको प्रमुख कारण आईफोन सोचेभन्दा कम विक्रि हुनु र खबर अनुसार कम्पनिको आपुर्तिकर्ता आफनो लागत र कार्यबलमा कटौती गरीरहेको छ ।
- ADVERTISEMENT -
अमेजन ७३६.६ अरब डलरसँग् तेस्रो स्थानमा छ र अल्फाबेट (गुगलको प्यारेन्ट्स कम्पनि) ७२५.५ अरब डलरसँगै चौथो नम्बरमा उक्लिएको छ । एमएसपावरयूजर डटकमको रिपोर्ट अनुसार, माइक्रोसफ्टले आफना तिन प्रतिस्पर्धिहरुलाई पछारेको छ, जसमा अल्फाबेट इंक पनि समावेश छ । यो कम्पनि सिलिकन भ्यालीको दिग्गज मध्ये सबैभन्दा मुल्यवान प्रौद्योगिकी कम्पनि हो ।
आफनो अजर क्लाउड, गेमिंग र सरफेस ल्यापटप पोर्टफोलियोको कारोबारमा बृद्धिले माइक्रोसफ्टले वित्त बर्ष २०१९ को पहिलो त्रैमासिक मा २९.१ अरब डलरको राजस्व र ८.८ अरब डलरको मुनाफा आर्जन गरेको थियो ।
- ADVERTISEMENT -
कम्पनिको राजस्वमा १९ प्रतिशत र मुनाफामा ३४ प्रतिशत बृद्धि भएको छ । यो दौरान कम्पनिको सञ्चालन मुनाफा २९ प्रतिशतले बढेर १० अरब डलर पुगेको छ । कम्पनिका मुख्य कार्यकारी अधिकृत सत्य नडेलाले वित्त बर्ष २०१९ को शानदार शुरुवात भएको छ जुन हाम्रा कर्मचारी एवं ग्राहकहरुको भरोसाको परिणाम हो भन्दै कम्पनिले अझ छलाङ मार्ने दावी गरेका छन् ।