- ADVERTISEMENT -

म्यान अफ द गोरखा दौड प्रतियोगिताको उपाधि गजेन्द्र राई लाई

December 20, 2018
2815
Shares
- ADVERTISEMENT -

Share
गोरखा,५ पौष २०७५ । गोरखा उद्योग वाणिज्य संघले आयोजना गरेको म्यान अफ द गोरखा दौड प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले जितेको छ ।

दशौं गोरखा महोत्सवको अवसरमा द्रव्यशाह चौताराबाट गोरखा दरबार सम्म ८ किमि दुरी त्रिभुवन आर्मी क्लबका राईले ३० मिनेट ४० सेकेन्डमा पूरा गरेर उपाधि हासिल गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

म्यान अफ द गोरखा दौडको उपाधि संगै राईले ३० हजार नगद ,प्रमाणपत्र र मेडल हासिल गरेको छ । त्यस्तै निर्धारित दुरी त्रिभुवन आर्मीकै होमलाल श्रेष्ठले ३० मिनेट ५५ सेकेण्डमा पूरा गरेर दोस्रो र राजन खत्रीले ३१ मिनेट १७ सेकेण्डमा पूरा गरेर तेस्रो भएका छन । महिला तर्फ आर्मीकै रणसिंह दल गणकी आशा तामाङ ४७ मिनेट ३५ सेकेण्ड दुरी पार गरेर सान्त्वना पुरस्कार हात पारेकी छिन । दोस्र्रो हुने लाई २० हजार ,तेस्रो लाई १० हजार र सात्वना लाई दुई हजार ५ सय नगद पुरस्कार रहेको छ । म्यान अफ द गोरखा दौडका उपाधि बिजेता त्रिभुवन आर्मी क्लबका गजेन्द्र राई लाई पञ्चेबाजा सहित घोडा चढाएर बजार परिक्रमा गराएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -