- ADVERTISEMENT -

लिलाममार्फत सस्तोमा सेयर किन्ने अवसर, सात कम्पनीका सेयर लिलाममा

May 14, 2018
1766
Shares
- ADVERTISEMENT -

विभिन्न कम्पनीहरुले  हकप्रदबाट बिक्री नभएका  सेयर अहिले लिलामबाट बेच्न लागिरहेका छन् । हकप्रदमा बिक्री नभएका सात कम्पनीका सेयर लिलामबाट बिक्रिमा अाइसकेका छन् भने अरु चार कम्पनीले चाँडै नै सेयर लिलाममा ल्याउँदै छन् ।

विभिन्न कम्पनीहरुको सेयर लिलामी सम्बन्धी जानकारी

लिलाममार्फत सेयर सकार्नु सस्तोमा सेयर हात पार्ने अवसर पनि हो तर कतिपय लगानीकर्ताहरुमा सेयर बजार सम्बन्धि सामान्य ज्ञानको कमिले गर्दा बजार मूल्य भन्दा माथि गएर लिलाम सकार्ने मुर्खता पनि गर्छन । सेयर बजारमा हाल किनबेच भईरहेको सेयर मूल्यको ३० देखि ४० प्रतिशत मुनीको मूल्य कबुलेर लिलाम सकार्दा मात्र भबिष्यमा जोखिमबाट बच्न सकिने र बढी फाईदा हुने हुन्छ तर बजार मूल्यमै लिलाम सकार्ने हो भने लिलाममा जानुको सटटा दोस्रो बजारमै किन्दा पनि हुन्छ ।

- ADVERTISEMENT -

Advertisement

कतिपय कम्पनीका साधारण र संस्थापक र साधारण सेयर प्रतिकित्ता १०० रुपैयाँमै लिलाम सकार्ने प्रशस्त अवसर अहिले लगानीकर्तालाई छ । त्यसैले उचालिएर धेरै मूल्य कबुल्नु आवश्यक देखिदैन । विगतका सेयर लिलामहरुमा उचिालिएर मूल्य कबुल्नेहरुले अहिले नराम्रो घाटा खाएका छन् ।

अर्को महत्वपूर्ण कुरा संस्थापक सेयरको लिलाम सकार्दा साधारण सेयरको दोस्रो बजारको मूल्य हेरी आधा भन्दा कम मूल्य कबुल्नु उचित हुन्छ । जुन कम्पनीको साधारण सेयर मूल्य दोस्रो बजारमा २०० रुपैयाँ भन्दा कम छ, त्यस्तो कम्पनीको संस्थापक सेयर लिलाम सकार्दा १०० रुपैयाँ भन्दा बढी कबुल्न हुन्न ।

संस्थापक सेयर सकार गर्न चाहनेले राष्ट्र बैंकले तोकेका केही प्रक्रिया पुरा गर्नुपर्ने र दोस्रो बजारमा सहजै संस्थापक सेयर बिक्री नहुने हुँदा धेरै कुरामा बिचार पुर्याउनु पर्छ ।

सेयर लिलाममा सहभागी हुँदा कम्तिमा १०० कित्ता र त्यसपछि १० ले भाग जाने संख्यामा मात्र अावेदन गर्न मिल्छ । यसरी संख्या नमिलाएर आवेदन गर्ने कयौंको आवेदन पत्र अस्विकृत हुने गरेको प्रशस्तै उदाहरण यस भन्दा अघि पाइएको छ । लिलाममार्फत सेयर सकार्नु सस्तोमा सेयर हात पार्ने अवसर पनि भएकाले गर्दा सोच विचार गरि सहभागी हुँदा छोटो समयमा नाफा हात पार्न सकिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -