- ADVERTISEMENT -

४ किलो सुनसहित पक्राउ परेका तीन जना प्रहरीद्धारा सार्वजनिक

January 4, 2019
835
Shares
- ADVERTISEMENT -

धादिङ,२० पौष २०७५ । धादिङको गजुरीबाट चार किलो सुनसहित प्रक्राउ परेका तीनै जनाको पहिचान खुलेको छ । प्रहरीको प्रदेश ३ इकाइले रसुवा हुँदै भारततर्फ लैजान लागेको चार किलो सुनसहित गजुरीबाट उनिहरुलाई मोटरसाइकलसहित पक्राउ गरेको थियो ।

धादिङ प्रहरीको सहयोगमा प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक बुद्धिराम थारुसहितको टोलीले विशेष सूचनाको आधारमा बिहीबार राति पौने १० बजे गजुरी–१ बजारस्थित सिद्धेश्वर महादेव मन्दिर नजिक मोटरसाइकलबाट पक्राउ गरेको हो।

- ADVERTISEMENT -

Advertisement

प्रहरीले सुनसहित रसुवाको उत्तरगया गाँउपालिका–२ का २७ वर्षीय सन्जित वाइबा, नुवाकोट–५ का २२ वर्षीय सुरेन्द्र तामाङ रसोही गाउँका २४ वर्षीय विकास तामाङलाई पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । अर्का एक जना फरार भएका छन्।

उनीहरु चढेको बा ८७ प ७७३१ र प्रदेश ३–०२–००३ प २५४० नम्बरको पल्सर मोटरसाइकल समेत पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डम्बरबहादुर विकले बताउनुभयो । उनीहरुलाई थप अनुसन्धानका लागि काठमाडौंस्थित राजश्व अनुसन्धान कार्यालय पठाइने प्रहरी प्रमुख विकले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -