- ADVERTISEMENT -

३ सय ७८ वर्ष पुरानो साँस्कृतिक महत्व बोकेको कात्तिक नाच ललितपुरमा सुरु

November 14, 2018
1419
Shares
- ADVERTISEMENT -

कात्तिक २८ । यो वर्षको कार्तिक नाच सोमबार साँझदेखि ललितपुरको कार्तिक डबलीमा सुरु भएको छ । ३ सय ७८ वर्ष पुरानो साँस्कृतिक महत्व बोकेको कात्तिक नाच मङ्गलबजारस्थित कार्तिक डवलीमा सोमबारबाट सुरु भएको हो । यो नाच १२ दिनसम्म नियमित रुपमा देखाइनेछ । पहिलोपटक पाँच दिन देखाइने गरि सुरु भएको इतिहासमा उल्लेख छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कार्तिक महिनामा नृसिंह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाच भनिदै आइएको छ ।

यो नाचमा पछि उनका छोरा श्री निवास मल्लले बाथः प्याँख(लोक नाटक) १० दिन थपेर १५ दिनको पु‍¥याएको मानिन्छ । यसै नाचलाई श्री निवास मल्लका छोरा योगनरेन्द्र मल्लले उषा हरण तथा माधव वानल लीला थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरिएको इतिहास छ । २७ दिनसम्म देखाइने यो नाचमा भिन्न विषयवस्तु तथा भिन्न कथामा आधारित रहेर बेग्लाबेग्लै नाच नदोहो¥याई देखाइन्छ ।

- ADVERTISEMENT -

Advertisement

बिशेष गरि विष्णु पुराणमा आधारित भएर नृत्य गर्दै नाटक मन्चन गरे जसरि भिन्न भिन्न पात्रको प्रस्तुति नै कार्तिक हो । कार्तिक नाचको प्रमुख र बिशेष नाच नृसिंह अबतारमा हिरण्य कश्यपुलाई नृसिंहले बध गरीने नाच यो बर्ष मंसिर ५ गते देखाइने कार्तिक नाच संरक्षण समितिले जनाएको छ । अन्य नाच बेलुका ७ बजे सुरु गरिन्छ भने बिष्णु पुराणमा आधारित यो नाच भने भने मध्यरातमा प्रर्दशनी हुने गरेको छ ।

कार्तिक नाच पहिला एक महिना देखाउदै आएपनि आर्थिक अभावका कारण बिचमा एक सातामात्रै देखाउन थालेको थियो । पछिल्ला बर्षहरुमा भने बर्षेनी १२ दिन देखाउन थालिएको छ । यो नाच सञ्चालनका लागि बर्षेनी साढे ५ लाख खर्च हुने गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -