- ADVERTISEMENT -

३८ क्वीन्टल सुन तस्करीका मुख्यअभियुक्त चुडामणि उप्रेती (गोरे)को प्रारम्भिक बयान शुरु

May 24, 2018
1697
Shares
- ADVERTISEMENT -

३३ किलो सुन तस्करीको प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’को जिल्ला अदालत मोरङमा बुधबारबाट प्रारम्भिक बयान शुरु भएको छ ।

सुन तस्करी र शाक्यको हत्याको सम्बन्धमा घटेका सबै घटनाको सम्बन्धमा क्रमिक रुपमा बयान लिने कार्य भइरहेकाले केही दिन अझै बयान लिने कार्य जारी रहने अदालतको स्रोतले जनाएको छ

- ADVERTISEMENT -

Advertisement

गोरेलाई मंगलबार काठमाडौँमा प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेपछि जिल्ला अदालत मोरङमा बयानका लागि मंगलबार नै विराटनगर ल्याइएको हो । बुधबारदेखि उनको बयान लिने कार्य शुरु भएको छ ।

सुन तस्करी, सांगठनिक अपराध र हत्याको घटनाको सम्बन्धमा प्रहरीले ६३ जनामाथि मुद्दा दर्ता गरेकामा पक्राउमा परेका ३० जनामध्ये मंगलबारनै अदालतले २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको छ

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -