- ADVERTISEMENT -

२१ नगरपालिकामा १६ अर्ब लगानी गर्दै विश्व बैंक

December 19, 2018
881
Shares
- ADVERTISEMENT -

४ पौष २०७५ । बाग्लुङ नगरपालिकाको पूर्वाधार सुधारका लागि विश्व बैंकले करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ ।

विश्व बैंकले ‘सहरी प्रशासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना दोस्रो’मार्फत बाग्लुङलगायत देशभरका २१ वटा नगरपालिकामा करिब १६ अर्ब रुपैयाँ लगानी गर्न लागेको बाग्लुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

यसका लागि आयोजनाले केही दिनअघि नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसहितको बैठक राखेर छनोटमा परेका स्थानीय तह र गर्नुपर्ने कामबारे जानकारी गराएको नगरप्रमुख पौडेलको भनाइ छ । पौडेलका अनुसार गण्डकी प्रदेशका बाग्लुङलगायत तनहुँको शुक्लागण्डकी, व्यास र स्याङ्जाको पुतलीबजार नगरपालिका आयोजना सञ्चालनका लागि छनोटमा परेका छन् । आयोजनाले सूचक तय गरी बजेट बाँडफाँड गर्दा प्रतिनगरपालिका करिब रु. ७०–८० करोडको बजेट प्राप्त गर्न सक्ने नगरप्रमुख पौडेलले बताए ।

बाग्लुङ नगरपालिकाको रिङरोडको रूपमा परिचित सडक यही आयोजनाको पहिलो चरणमा निर्माण भएको थियो । आयोजनाबाट प्राप्त हुने बजेट नगरपालिकाका गौरवका आयोजनामा खर्च गर्न सक्ने नगरप्रमुख पौडेलले बताए ।

विश्व बैंकमार्फत नेपाल सरकारले प्रदान गर्ने अनुदान रकमलाई हरेक नगरपालिकाको जनसंख्या, क्षेत्रफल, पूर्वाधारको अवस्था, लागतलगायतका सूचक राखेर बजेट बाँडफाँड गरिने आयोजनाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -