- ADVERTISEMENT -

हेटौंडामा विभिन्न पार्टी परित्याग गरी ४ सय २५ जना नेपाली कां’ग्रेसमा प्र’वेश

November 28, 2020
1772
Shares
- ADVERTISEMENT -

हेटौंडा, शनिबार, १३ मङ्सिर २०७७ । विभिन्न पार्टी परित्याग गरी ४ सय २५ जना नेपाली कां’ग्रेसमा प्र’वेश गरेका छन् । हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरी ठूलोथलीमा नेकपा, राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी ४ सय २५ जना नेपाली कां’ग्रेसमा प्र’वेश गरेका हुन् ।

नेपाली कां’ग्रेस १३ नम्बर वडा ईकाईको आयोजना र नेपाल तरुण दल हेटौंडा १३ को सहकार्यमा शुक्रबार भएको भेला तथा पार्टी प्र’वेश कार्यक्रममा नेकपाका नेताहरु श्यामबहादुर थिङ्ग र सञ्चलाल मुक्तानसहित हेटौंडा १३ को थिङ टोल, घलान टोल, वाईबा टोल, मजुवा, पदमपोखरी बजारका नेकपा र राप्रपाका ४ सय २५ जना नेपाली कां’ग्रेसमा प्र’वेश गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

कांग्रेस हेटौंडा १३ का वडा सभापति चम्फुरत्न लामाको सभाअध्यक्षता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भेला तथा पार्टी प्र’वेश कार्यक्रम भएको थियो ।

नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै नेता बानियाँले नेपालका कम्युनिष्टले सपनैसपना आश्वासन मात्रै बाडेको बताउँदै गरिव, मजदुर, किसानको नाममा राजनीति गरी जनतालाई झुक्याएको बताउनुभयो ।

प्रचुर बहुमत ल्याएर सत्तामा पुगेको कम्युनिष्ट सरकार ३ वर्षमा चरम भ्रष्टचारको दलदलमा फसेको भन्दै नेता बानियाँले कांग्रेसले ईतिहासदेखि अहिलेसम्म बोलेको कुरा पु¥याएको बताउँदै कांग्रेस परिवर्तनको बहाक रहेको बताउनुभयो ।

नेपालको राजनीतिमा कम्युनिष्टको काम भनेको जनतालाई सपना देखाउने र नेताहरुको श्रीमती तथा छोराछोरीको नाममा सम्पत्ति थुपार्ने काम मात्रै गर्ने ब्यवहारबाट देखिएको बताउँदै नेता बानियाँले कांग्रेसले अफ्ठ्यारो परिस्थितिको सामना गर्दै समयअनुसार जनचाहना बमोजिम राणा, राजा फाल्दै हिंसामा रहेको माओवादीलाई सत्तामा ल्याएर संविधानसभाको निर्वाचन गरी संविधान दिलाएको स्मरण गराउनुभएको थियो ।

नव-प्रवेशीलाई सदस्यता दिएर कां’ग्रेसमा स्वागत गर्दै कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँले योग्यता क्षमता र लगनशिलताको आधारमा पार्टीमा उचित भूमिका दिईने बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -