- ADVERTISEMENT -

हिन्दु धर्ममाथी आक्रमण :आचार्यमाथि गोली प्रहार

April 8, 2018
1603
Shares
- ADVERTISEMENT -

धार्मिक गुरु तथा धार्मिक संस्थामा आक्रमण स्वरुप हिन्दु धर्मगुरुमाथि आक्रमण भएको छ।
बालसन्त स्वामी श्रीनिवास आचार्यमाथि गोली प्रहार भएको हो । नेपाललाई हिन्दू राष्ट्रको रुपमा नामाकरण गर्ने अभियान संचालन गर्ने काममा अत्यन्तै महत्वपूर्ण भुमिका खेल्दै आएका सन्त आचार्यमाथि शनिबार राति गोली प्रहार भएको हो ।
विराटनगर जतुवास्थित श्री राम जानकी मन्दिरमा आइतबारबाट आयोजना हुने श्री मदभागवत पुराणमा सहभागि हुन शनिबार विराटनगर पुगेका आचार्यमाथि गोली प्रहार भएको हो ।
जतुवास्थित रामजानकी मन्दिर परिसरमै रहेको समयमा गएराति पौने २ बजे उहांमाथि गोली प्रहार भएको स्थानीय महिचन्द यादवले जानकारी दिए । उनको दाहिने कुममा गोली लागेको छ ।
गोली प्रहारबाट गम्भीर घाइते हुनुभएका श्रीनिवास आचार्यको स्थानिय न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
घटनास्थलमा गोलीका दुइवटा खोका भेटिएको मोरङ प्रहरीका एसपी अरुणकुमार बिसीले जानकारी दिए ।
उनले गोली प्रहार गर्ने अज्ञात समुहको खोजी कार्य भइरहेको बताए । गोली प्रहार भएको घटनास्थलमा चेतावनीयुक्त पर्चा समेत भेटिएको छ ।
यो घटना क्रिष्टियन मिसिनरीहरुले भाडाका केही मान्छे प्रयोग गरी गोली हान्न लगाएको आशंका स्थानीयहरुको छ । उनीहरुले अवैध रुपमा धार्मिक प्रचार गर्दै हिंडेका त्यस्ता मिसिनरीहरुको गतिविधि बन्द गर्न पनि माग गरेका छन् ।
धार्मिक गुरुहरुमाथि आक्रमण गराएर मुलुकलाई धार्मिक द्धन्द्धमा फसाउने गतिविधि भइरहेको भन्दै स्थानीयले सरकारलाई तत्काल यस्ता गतिविधि भण्डाफोर गरेर कार्वाही गर्न माग गरेका छन् ।
विराटनगरमा यो घटनाको चर्को निन्दा गरिएको छ । यो डरको मनोविज्ञान सिर्जना गर्ने प्रयास अन्तर्गत आक्रमण भएको समेत विष्लेषण गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -