- ADVERTISEMENT -

हाम्रो टिम नेपालद्वारा न्यायो कपडा वितरण

January 24, 2021
928
Shares
- ADVERTISEMENT -

नुवाकोट, आइतबार, ११ माघ २०७७ । सामाजिक काममा निरन्तर सक्रिय युवाहरुको समुह हाम्रो टिम नेपालद्वारा न्यायो कपडा वितरण गरेको छ । नुवाकोटको किस्पाङ गाउँपालिकामा रहेका अति विपन्न परिवारलाई नि:शुल्क न्यायो कपडा वितरण गरेको हो ।

उक्त न्यानो कपडा किस्पाङ गाउँपालिका वडा नम्वर २ र ३ मा रहेका अति विपन्न, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति, असहाय तथा एकल महिला लगायत अन्य गरि १ सय ६० घर परिवारका लागी न्यानो कपडा (सिरक,डस्ना) वितरण गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

उक्त कार्यक्रममा किस्पाङ गाउँपालिका वडा नम्वर २ का अध्यक्ष देवनाथ भट्टको सभापतित्व र संविधानसभा सदस्य जगदिशनरसिंह केसीको प्रमुख आतिथ्यतामा गरिएको थियो ।

साथै, न्यानो कपडा वितरण कार्यक्रममा हाम्रो टिम नेपालका केन्द्रिय सचिव लक्ष्मक्षसिंह धामी, केन्द्रिय सदस्यहरु उमेश बोहोरा, साजन श्रेष्ठ, सामाजिक अभियन्ता प्रकाश लौडारीको विशेष सक्रियता रहेको थियो ।

त्यसैगरी, रेडक्रस जिल्ला उपशाखा किस्पाङले सहजीकरण गरेको हाम्रो टिमका प्रेस संयोजक बिश्वबन्धु भण्डारीले जानकारी दिनुभयो ।

स्मरण रहोस् , हाम्रो टिम नेपालले काठमाडौंको थापाथलीमा रहेको प्रसुति गृह पछाडी सडकमा रहेका अति विपन्न मजदुरहरुलाई हरेक दिन नि:शुल्क खाना खुवाउदै आइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -