- ADVERTISEMENT -

स्याङ्गजा सहयोग समाजद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

January 19, 2020
567
Shares
- ADVERTISEMENT -

कतार, ५ माघ २०७६ । स्याङ्जा सहयोग समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ l “रक्तदान जीवन दान” भन्ने मुल मन्त्रलाई अंगिकार गर्दै कतार स्थित हमद हस्पिटल संगको सहकार्यमा हमाद हस्पिटलको ब्लड डोनर सेन्टरमा गत शुत्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो l

रक्तदान कार्यक्रममा स्याङ्गजा सहयोग समाजका अग्रज व्यक्तित्व, समाजका प्रभुत्व व्यक्ति सामाजिक अभियान्ता , बिभिन्न सस्थाका प्रतिनिधि , एनआरएनएका प्रतिनिधि , सामाजिक संघसंस्थाका प्रमुख लगाएत कतारमा कार्यरत अन्य नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

करिब २०० जनाको उपस्थितिमा बिहान ८:३० मा सुरु भएको रक्तदान कार्यक्रममा बैसठी जना सहयोगी मनहरुले रक्तदान गरेका थिए l

गण्डकी प्रदेश समन्वय परिषद् कतारका उपाअध्यक्ष प्रेम रसाइलीबाट सुरु गरिएको रक्तदान स्याङ्गजा सहयोग समाजका सचिव टेक गैरे को रक्तदानबाट अन्त्य गरिएको थियो l

“स्याङ्गजा सहयोग समाज कतारको चाहाना बिशुद्द सामाजिक सेबाको भावना “ को नारा सहित सन् २००५ मा स्थापित सस्था आउदो मार्च महिनामा आफ्नो १५ औ वार्षिक उत्सव मनाउने तयारी समेत गरेको छ । स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्य हरु गर्दै आएको समाजले विभिन्न सस्था संग मिलेर रक्तदान कार्यक्रममा भाग लिए पनि आफ्नो आयोजनामा पहिलो रक्तदान कार्यक्रम गरेको हो l समाजका अधक्ष्य अजमत अलिले समय ब्यस्थताको वाबजुत पनि यो महानकार्यमा उपस्थित हरुलाई धन्यवाद व्यक्त गरेका थिए l

नेपाली समुदायसँग राम्रो सहकार्य गर्दै आएको कान्तिपुर मेडिकल सेन्टर दोहा कतारले शुक्रवार सम्पन्न रक्तदान कार्यक्रममा रक्तदान गर्नु हुने सम्पूर्णलाई नि: शुल्क स्वास्थ्य परिक्षण गरिने जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -