- ADVERTISEMENT -

सुष्मा स्वराज राष्ट्रपति भण्डारीबीच भेटवार्ता

February 2, 2018
1488
Shares
- ADVERTISEMENT -

काठमाडौं, दुई दिने भ्रमणका लागि काठमाडौं आउनु भएकी मोदीको बिशेष दूत भारतीय विदेश मन्त्री सुष्मा स्वराजले राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता भएको छ।
उनीहरुबीच राष्ट्रपति कार्यालय शितलनिवासमा भेटवार्ता भएको हो ।
राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री स्वराजबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हितका विविध विषयमा विचार विमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
विदेश मन्त्री स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवासँग आजै भेटवार्ता गर्नेछिन् ।
विदेशमन्त्री स्वराजले प्रधानमन्त्री देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नेछिन् ।
त्यहाँ कांग्रेसका नेताहरुसँग पनि सामूहिक भेटवार्ता हुनेछ । बालुवाटारमै प्रधानमन्त्री देउवाले विदेशमन्त्री स्वराजको सम्मानमा दिवाभोजको व्यवस्था गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -