- ADVERTISEMENT -

सिरानचोक गाउँपालिका-६ मा खुल्ला फूटबल (गैरा कप) प्रतियोगिता आयोजना हुदै

September 28, 2018
2602
Shares
- ADVERTISEMENT -

गोरखा, श्री हिमाली तमु युवा क्लब सिरानचोक गाउँपालिका-६ गैरा गाउँको आयोजनामा शुभ बिजया दशमीको पावन अवसरमा चौथो खुल्ला फूटबल प्रतियोगिता (गैरा कप) २०७५ हुने भएको छ । खेल सिरानचोक गाउँपालिका-६ गैरा गाउँ खेल मैदानमा यहि असोज २६ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

चौथो खुल्ला फूटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने प्रतियोगीलाई पचास हजार नगदराशी, कप, मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ । त्यसैगरी, द्रितीय स्थान हासिल गर्ने प्रतियोगीलाई पच्चीस हजार नगदराशी, मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ । त्यसैगरी, सान्त्वना स्थान हासिल गर्ने प्रतियोगिलाई दश हजार नगदराशी, मेडल र प्रमाणपत्र दुइ टिमलाई प्रदान गरिनेछ । त्यसैगरी, उत्कृष्ट खेलाडीलाई ट्रफी र प्रमाणपत्रले सम्मान गरिनेछ । त्यसैगरी, उत्कृष्ट गोल स्कोर  खेलाडीलाई ट्रफी र प्रमाणपत्रले सम्मान गरिनेछ ।

- ADVERTISEMENT -

Advertisement

प्रतियोगितामा टिम दर्ता गर्ने अन्तिम मिति असोज २६ गतेसम्म रहेको छ । क्लबले बि.स २०७१ सालदेखि निरन्तर रुपमा हरेक बर्ष प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ ।

 

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -