- ADVERTISEMENT -

सिन्डिकेट नगर्न यातायात व्यवसायी नै सहमत, सरकारसँग पाँचबुदे सहमति

May 7, 2018
1617
Shares
फोटो :कान्तिपुर
- ADVERTISEMENT -

काठमाडाै‌-सरकारले सिन्डिकेट अन्त्य गर्ने निर्णयको स्वागत गर्दै यातायात व्यवसायीहरूले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका छन्।

सरकारी निर्णयको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायी र सरकारबीच आइतबार मध्यरात भएको सहमतिको ५ बुँदा सोमबार सार्वजनिक गर्दै व्यवसायीहरूले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको जानकारी दिएका छन्।

- ADVERTISEMENT -

Advertisement

‘संस्थापक भइसकेको अवस्थामा हिजोबाट विधिवत रूपमा सिण्डिकेटको अन्त्य गरेका छौं। हामीलाई जनताको सहयोग र दबाब निरन्तर रूपमा आइरह्यो जसले गर्दा हामीले यो कार्य गर्न सफल भयौं,’ कार्यक्रममा बोल्दै भौतिक मन्त्री रघुवीर महासेठले भने,‘हामीलाई राष्ट्र बैंक, सुरक्षा परिषद् र अर्थमन्त्रालयबाट सहयोग मिल्यो फलस्वरूप नेपालको यातायात क्षेत्रमा जकडिएको सिण्डिकेटको अन्त्य पूर्ण रूपमा भएको छ।’

व्यवसायीहरूले सकारात्मक रूपमा सहयोग गर्ने बाचा गरेका पनि उनले बताए।

यातायात समितिको बैंक खाता फुकुवा गर्ने सहमति भएको हो? भन्ने प्रश्नमा मन्त्रीले भने, ‘फुकुवा गर्ने मेरो हातमा छैन। यसबारे मलाई जानकारी छैन। जहाँसम्म मलाई थाहा छ यसबारे केही छलफल भएकै छैन।’

कार्यक्रममा बोल्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले भने, ‘हामी यातायात क्षेत्रमा मात्र होइन शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा रहेका सिण्डिकेटलाई हटाउन सरकारलाई दबाब दिन्छौं।’

सरकारले समितिको खाता रोक्का गरेकोमा असन्तुष्टि जनाउँदै उनले भने, ‘सरकारले खाता रोक्का गरेको छ। यदि अचानक दुर्घटना भयो भने त्यसको भरपाइ कसले गर्छ? तसर्थ सरकारले बैंक खाता फुकुवा गर्नको लागि चाँडोभन्दा चाँडो समाधानका लागि कदम चालोस्।’

यतिमात्र नभई उनले बसपार्कको पनि समस्या यथाशक्य समाधान गर्न सरकार लागिपर्न आग्रह गरे।

सहमति पत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -