- ADVERTISEMENT -

सिजनको अन्तिम एल क्लासिको २-२ को बराबरी

May 7, 2018
1662
Shares
- ADVERTISEMENT -

बार्सिलोना (एजेन्सी) –

क्लब फुटबलको सबैभन्दा भव्य खेल, एल क्लासिको  २-२ को बराबरीमा सकिएको छ। यो सिजनको अन्तिम एल क्लासिको अर्थात रियल मड्रिड र बार्सिलोना बिचको खेल बराबरीमा टुंगिएको छ । यसको अर्थ स्पेनिस ला लिगाको उपाधि उचालेको बार्सिलोना अब लिगका बाँकी तीन खेलमा जोगिएमा पूरै सिजन अपराजित रहने कीर्तिमान बनाउने छ ।यस्तै रियल मड्रिड गएको डिसेम्बरमा भएको एल क्लासिकोमा बेहोरेको हारको बदला लिन नसके पनि पराजयबाट भने जोगियो ।आफ्नै मैदान क्याम्प नाउमा भएको खेलमा १० खेलाडीमा सीमित भएको बार्सिलोनालाई जित्न बाट ग्यारेथ बेलले रोके। बेलले ७२ औं मिनेटमा उत्कृष्ट गोल गर्दै रियललाई बराबरी दिलाएका थिए।

- ADVERTISEMENT -

Advertisement

इसकोको अनुपस्थितिमा बेलले सुरुआती स्थान पाएका थिए भने बार्सिलोनाका स्टार मिडफिल्डर एन्द्रे इनियेस्टाले अन्तिम पटक एल क्लासिकोमा सुरुआत गरेका थिए।

बार्सिलोनाको घरेलु मैदानमा भएको तनाबपूर्ण खेलको पहिलो हाफको अन्त्यमा सर्जी रोबर्टो र मार्सेलोबीचको घटनाका कारण बार्सिलोनाका खेलाडी रोबर्टोले सोझै रातो कार्ड पाउँदै बाहिरिए पछि बार्सिलोना १० खेलाडीमा सिमित भयो।

त्यसअघि पहिलो हाफमा लुइस स्वारेजले १० मिनेटमा दिलाएको अग्रतालाई क्रिस्टियानो रोनाल्डोले १४ औं मिनेटमा बराबरीमा पुर्याएका थिए। रोनाल्डो, टोनी क्रुस र करिम बेन्जेमाबीचको तालमेलमा रियलले बराबरी गोल गरेको थियो।

रोबर्टोको रातो कार्डपछि १० खेलाडीमा सिमित बार्सिलोनाले ५२ औं मिनेटमा मेस्सीको उत्कृष्ट गोलमा पुनः अग्रता लियो। लुइस स्वारेजको पासमा राम्रो कन्ट्रोल गर्दै दुई डिफेन्डरलाई बिट गर्दै मेस्सीले बार्सिलोनालाई अग्रता दिलाए। तर दोस्रो हाफमा रियलको स्टार खेलाडी रोनाल्डोलाई विश्राम दिएपछि बेलले ७२ औं मिनेटमा राम्रो गोल गर्दै रियललाई बराबरी दिलाए।

यो बराबरी पछि बार्सिलोनाको ला लिगामा यो सिजन अपराजित यात्रा कायम छ। उपाधि जितिसकेको बार्सिलोना अन्य खेलमा अपराजित रहँदै इतिहास बनाउने लक्ष्यमा छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -