- ADVERTISEMENT -

सामागाँउलाई हराभरा बनाउने स्थानीय जुट्दै

August 3, 2018
2070
Shares
- ADVERTISEMENT -

गोरखा, साउन १८ गते । उत्तरी गोरखाको सामागाउँमा बोट विरुवाको नर्सरी स्थापना गरिएको छ । २०७२ सालबाट सुरु गरिएको नर्सरीमा ३ हजार भन्दा बढि बिरुवा जमाइएको मनास्लु एजुकेशन एण्ड इन्भारमेन्टल डेभलपमेन्ट फाउण्डेशन का अध्यक्ष विर बहादुर गुरुङले बताए । ‘दाउरा काट्दा भएको जंगल सकियो, भावी सन्ततीहरुका लागि वातावरण जोगाउन यो अभियान सुरु गरेका हौ’ उनले भने ।

सामागाउँ क्षेत्रमा रहेको थोरै वनजंगल पनि मासिदै गएपछि सामागाउँलाई हराभरा बनाउने उदेश्यका साथ नयाँ विरुवा उत्पादन गरी जंगल बिस्तार गर्ने लक्ष्य लिइएको हो । स्थानीय सल्लो प्रजातीका सल्लाका बेर्ना तयार गरिएको छ । ‘सूरुमा हामीले ठिग्रो, झिजीङ्ग, धुपी र भोजपत्रका विरुवा तयार पारी सारी समेत सकेका छौ’ उनले भने । ७२ सालमा राखिएको नर्सरीमा तयार भएका ३ हजार बिरुवा स्थानीय गुम्बाको छेउछाऊ र नाङ्गा डाँडामा सारिएको छ ।

- ADVERTISEMENT -

Advertisement

२०७२ सालबाट सुरु गरिएको उक्त कार्यक्रम अन्र्तगत वर्षेनी विरुवा उत्पादनलाई जोड दिइएको छ । समुन्द्री सतहबाट ५ हजार मिटर भन्दा माथि रहेको नाङ्गा डाँडाहरु मरुभूमीमा परिणत हुने खतरा बढेपछि वृक्षारोप कार्यक्रम सुरु गरिएको छ । जसअनुसार ०७२ सालमा ३ हजार, ०७३ मा १२ हजार, ०७४ मा १५ हजार विरुवाको नर्सरी तयार गरिएको छ । ‘अहिले सम्म हामीले नर्सरी बनाएर विरुवा तयार गरेका छौ, अब उक्त विरुवा रोप्ने काम हुन्छ’ अध्यक्ष गुरुङले भने । उक्त नर्सरीबाट ५० देखि ५५ हजार विरुवा उत्पादन हुने समितिको लक्ष्य छ ।

५ वर्ष भित्र उक्त कार्य सम्पन्न गर्ने योजना छ । जसका लागि १ करोड लागत लाग्ने समितिको अनुमान छ । उक्त रकम पिके एडले सहयोग गरेको हो । उक्त नर्सरी ब्यवस्थापन, नर्सरीमा काम गर्ने कर्मंचारी, घर, मल तथा अन्य नर्सरी र जंगलमा विरुवा सार्ने र हेरालु सम्मको व्यवस्था मिलाइएको छ । ‘सुरुमा सार्वजानिक जग्गामा बिरुवा रोप्छौ, बढि भएको विरुवा त्यसपछि व्यक्ति/व्यक्तिलाई दिएर निजि वनमा सार्ने काम हुन्छ’ उनले भने ।

एक भाग सार्वजानिक र २ भाग निजी जमिनमा वृक्षारोप गर्ने समितिको योजना छ । सामागाउँ उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्छ । हिमाल पारीको गाउँ भनेर चिनिने सामागाउँमा वनजंगल विनाश हुने क्रम बढेको र दाउराको माग पनि बढेकाले नयाँ वनको क्षेत्र विस्तारका लागि वृक्षारोप गर्न लागिएको हो । Sorce : Gorkha samachar

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -