- ADVERTISEMENT -

सानिमा जेनेरल इन्स्योरेन्सको साधारण शेयर बिहिबारदेखि निष्काशन गरिदैं

October 7, 2020
765
Shares
- ADVERTISEMENT -

काठमाडौँ, बुधबार, २१ असोज २०७७ । सानिमा जेनेरल इन्स्योरेन्सको साधारण शेयर बिहिबारदेखि निष्काशन गरिने भएको छ ।

कम्पनीको जारी पुँजी एक अर्ब रुपियाँको ३० प्रतिशतले हुन आउने ३० करोड रुपियाँ बराबरको तीन लाख कित्ता सेयर निष्काशन हुन लागेकोछ । निष्काशन हुने सेयरमध्ये एक लाख २० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि, एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि हुने कम्पनीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

कम्पनीको प्रतिशेयर आम्दानी आव २०७४÷७५ मा ५.५९ प्रतिशत, २०७५÷७६ मा ०.७४ प्रतिशत रहेको थियो । गत आवको अपरिष्कृत विवरण अनुसार २.६६ प्रतिशत रहेको छ भने चालू आवका लागि ४.९४ प्रतिशत प्रक्षेपण गरिएको छ ।

क्रेडिट रेटिङमा यो संस्थाले केयर एनपी बीबी प्लसा (आईएस) प्रमाणपत्र प्राप्त गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको जनाउँछ ।

शेयर आवेदन भर्ने अन्तिम मिति यही असाज २५ गतेसम्म रहेको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -