- ADVERTISEMENT -

साग प्रतियोगितामा आज बिहिबार विभिन्न १७ खेलमा प्रतिस्पर्धा

December 5, 2019
886
Shares
- ADVERTISEMENT -

काठमाडौं, १९ मंसिर २०७६ । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा आज बिहिबार विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

बिहिबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, फुटबल, गल्फ, ह्यान्डबल, कबड्डी, पौडी, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस, बिचभलिबल, भारोत्तोलन र उसुको प्रतिस्पर्धा हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

पोखरामा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल खेल हुँदैछ । बाँकी खेल काठमाडौंमा हुनेछ ।

त्यसैगरी, दशरथ रंगशालामा हुने पुरुष फुटबमा आज भुटान र माल्दिभ्स तथा श्रीलंका र बंगलादेश भिड्दैछन् ।

सागको चौथो दिनसम्म नेपाल २९ स्वर्ण जित्दै पदक तालिकाको दोस्रो स्थानमा छ । ३४ स्वर्ण जितेको भारत शीर्ष स्थानमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -