- ADVERTISEMENT -

साउदीबाट स्वदेश फर्कनुपर्नेलाई थप विवरण तत्काल उपलब्ध गराउन दूतावासको अनुरोध

June 1, 2020
951
Shares
- ADVERTISEMENT -

साउदी, १९ जेठ २०७७ । साउदीमा रहेको नेपाली दूतावासले समस्यामा परेका नेपालीलाई स्वदेश फिर्तीका लागि थप विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । स्वदेश फर्कनै पर्ने अवस्थामा रहेकाले दूतावासमा आफ्नो विवरण टिपाएको भए पनि स्वदेश फिर्तीका लागि थव विवरण आवश्यक भएको भन्दै दूतावासले इमेल र फोनमार्फत विवरण टिपाउन अनुरोध गरेको हो ।

आवश्यक विवरण उपलब्ध गराउनुहोस् :

- ADVERTISEMENT -

Advertisement

स्वदेश फर्कनका लागि बहिर्गमन भिसा लागेका, करार अवधि सकिएका, रोगजारी गुमाएका, एक्जिट भिसा लागेका महिला, गर्भवती, पारिवारिक भिजिट भिसामा पुगेकाहरु, अकामा नवीकरण नगरिएका वा नबनाइएका, आफन्तको मृत्यु भएका, कोरोनाबाहेक अरु बिरामीहरु, रोजगारीसहित बिदामा गएका अध्ययन सकेर नेपाल फर्कनुपर्ने विद्यार्थी लगायतले फारम भरेका छन् । उनीहरुको स्वदेश फिर्तीका लागि दूतावासले समन्वय गर्ने हुँदा थप विवरण भर्न दूतावासले अनुरोध गरेको छ ।

पेश गर्नुपर्ने थप विवरण :
बहिर्गमन भिसा र राहदानीको कपि ।

बिरामी भएकाहरुले चिकित्सकको प्रमाणपत्र, औषधिको प्रेस्किप्सन । (जहाजमा उड्न कठिनाइ हुने बिरामीलेसमेत यो विवरण खुलाउनुपर्नेछ ।)

आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल फर्कनुपर्नेले कारणसहितको स्वघोषणा ।

नेपाल फर्कनुपर्ने विध्यार्थीहरुको अध्ययन सकिएको वा बिदा आदिको कागजात ।

दूतावासले आवश्यक विवरण [email protected] र ०५०००३१७०५ नम्बरमा ह्वाट्स्एपमार्फत पठाउन अनुरोध गरेको छ ।

आभा खमीस, नजरान, जिजान, आभा, बाहा, बलजुरैसी, बिसा, ताइफ, मक्का, मदिना, जेद्दा, यम्बु, ताबुक, लगायतका स्थानमा कार्यरत तर नेपाली राजदूतावास रियादले आह्वान गरेको अनलाइन फारम फरेका सबैको विवरण एकीकृत गरी नेपाली महाबाणिज्य दूतावास, जेद्धामा पठाइएकोले त्यहाँ सम्पर्क गर्न अनुरोध गरिएको छ ।

अकामा नवीकरण नगरिएका, नबनाइएका, कम्पनी छाडी अन्यत्रै काम गरिरहेका लगायतलाई स्वदेश फर्काउने सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय भइरहेको र यसबारे पछि मात्रै जानकारी गराइने दूतावासले जनाएको छ ।

हवाई टिकट खर्च, कोरोना संक्रमणको अनिवार्य स्वास्थ्य परीक्षण, क्वरेण्टीनमा बस्नुपर्ने अवधि तथा पालना गर्नपर्ने अन्य शर्तहरुका बारेमा पनि दूतावासले पछि जानकारी गराउने उल्लेख गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -