- ADVERTISEMENT -

सम्झना विकका हत्या अभियुक्त सार्वजनिक

September 30, 2020
835
Shares
- ADVERTISEMENT -

बझाङ, मंगलबार, १३ असोज २०७७ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो ।

यही असोज ७ गते मष्टा गाउँपालिका –२ खिकालाकी १२ वर्षीया कामीको हत्या भएको थियो । गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी कामीको शव स्थानीय शिव मन्दिरभित्र अर्धनग्नावस्थामा फेला परेको थियो । अभियुक्त बोहराविरुद्ध अर्की एक बालिकामाथि पनि जबर्जस्ती करणी गरेको जाहेरी परेको छ । सोही ठाउँकी १३ वर्षीयालाई जबर्जस्ती करणी गरेको जाहेरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

जिल्ला प्रहरी कार्यालयले आज गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बोहराले बलात्कारपछि हत्या गरेको सबै प्रमाण रहेको जिकिर गर्नुभयो । अभियुक्त बोहराले भने सो विषयमा मुख खोलेका छैनन् । आरोपितका बुवा वीरबहादुरले आफ्ना छोराले अपराध गरेको भए फाँसीको सजाय दिन सकिने भए पनि दिनुपर्ने बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -