- ADVERTISEMENT -

समय सापेक्ष रूपमा कांग्रेस परिबर्तन हुनुपर्छ : सभापति दिनेश पन्त

August 28, 2020
927
Shares
- ADVERTISEMENT -

समय परिवर्तनशिल रहेको छ । परिबर्तित समय अनुसार रुपान्तरित हुन सकिएन भने अस्तित्व नै समाप्त भएर जान सक्छ । जुन समयमा जुन परिस्थितिमा / अबस्थामा बि पि कोइरालाले नेपाली कांग्रेस पार्टी स्थापना गर्नु भयो । आज ठ्याक्कै त्यही परिवेश र अबस्था छैन र हुदैन पनि ! स्थापनाकालको कांग्रेस र आजको कांग्रेसको अबस्थामा परिबर्तन आवस्यक छ ।

पुरानो धारबाट कांग्रेस अगाडि बढेर प्रतिस्पर्धीसंग सामाना गर्न सक्दैन भने अर्को तर्फ मानिसको परिबर्तित जिबनशैलीलाई सम्बोधन गर्न सक्दैन । कांग्रेसको नेतृत्व पनि कांग्रेसको बिचारप्रति कटिबद्ध र बिचारलाई कार्यान्वयन गर्न सोही अनुसारको कार्यक्रम सन्चालन गरि आम जनतामा जान सक्नुपर्छ । र त्यही अनुसार आगामी नेतृत्व छ्नोट गर्नु पर्छ । बि पि कोइरालाले जुन समयमा राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आदर्श मानेर पार्टी स्थापना गर्नुभयो आजसम्म पनि कांग्रेसले त्यही बिचार र आदर्श बोकेको छ ।

- ADVERTISEMENT -

Advertisement

तर, समय सापेक्ष रूपमा आफ्नो बिचारलाई परिस्कृत र सुधार गर्दै लैजानुपर्छ । हिजोको अबस्थामा बि पि कोइरालाले भनेकोजस्तो समाजवाद आजको अबस्थामा ठ्याक्कै एउटै हुँदैन ।

अहिले कांग्रेसले समाजवादलाई आर्थिक र सामाजिक कार्यक्रमको रूपमा स्वीकार गरेको छ । र परिभाषित गरेको छ । कम्युनिस्टले भने जस्तो राज्य नियन्त्रित केन्द्रीकृत आर्थिक प्रणाली तथा जनबादी केन्द्रीयतामा आधारित एक दलिय राजनीति प्रणाली होइन भन्नेमा स्पष्ट हुँदै संविधानमा उल्लेखित समाजवाद उन्मुखको लोकतान्त्रिक मुल्य र मान्यताबाट नै आर्थिक र सामाजिक रुपान्तरण गरि शोषणको अन्त्य किसानको उन्नति श्रमिकहरुको सामाजिक, आर्थिक, सुरक्षा अशक्त तथा अतिरिक्त क्षमता भएकाहरुको आवश्यक सुरक्षा तथा सीप बिकाश बिभेदमा परेकालाई न्याय, छुवाछूतको अन्त्य गर्न सामाजिक घुलमिलिकरण हो । र, हुनेहरूबाट राज्य कोषमा श्रीवृद्धि गरेर नहुनेहरुलाई समृद्ध तुल्याउने न्यायपूर्ण समतामूलक समाज निर्माण नै आजको अर्थमा समाजवाद हो ।

सरल रूपमा भन्नु र्दा पार्टी स्थापना कालमा बि पि ले भनेको जस्तो हरेक घरमा एक हल गोरु, एउटा दुहुनो गाई,औषधिमुलोको ब्यबस्था,थोरै भएपनि आफ्नै खेती गर्ने जग्गा आदि अबस्थामा अहिले जस्ताको तस्तै सम्भब छैन । अहिले प्रविधिको बिकास भएको छ । घर घरमा प्रबिधि युक्त कृषि योग्य सामग्री छन । शिक्षा, स्वास्थ्य, रोजगार, ब्यापार-ब्यबसाय गर्ने बाताबरण, कृषि क्षेत्रको उत्थान आदि आजको आवश्यकता
रहेको छ ।

कृषि क्षेत्रको सुधारका लागि आवश्यक सिचाई, मल, बिउ बिजन आदिको सहज उपलब्धता हुनुपर्छ । युबाहरु बेरोजगार भएर श्रम बेच्न बिदेश जाने अबस्थाको अन्त्य गरी देशमा नै काम गर्ने बाताबरण बनाउन, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिई ब्यापार व्यावसाय गर्ने बाताबरण बनाउनु पर्छ । कोहि पनि ब्यक्ति आर्थिक अभावको कारण शिक्षाबाट बन्चित हुने अवस्थाको अन्त्य गरी सबै नागरिकलाई समान शिक्षाको अबस्था सृजना गरी दक्ष सीपयुक्त जनशक्ति उत्पादनतर्फ कांग्रेसको ध्यान जान जरुरी छ । आर्थिक अभाव बिना स्वास्थ्य उपचार नपाउने अवस्थाको अन्त्य हुने गरी व्यबहारमा कार्यान्वयन गर्नु आवश्यक रहेको छ ।

कांग्रेस बलियो भएन अर्थात लोकतन्त्र बलियो भएन भने देशको बिकास सम्भव छैन । त्यसैले, कांग्रेसले जनभाबना अनुसार आफुलाई अगाडी बढाउन पर्छ । मुलभुत रूपमा एउटा राजनीतिक पार्टीको उद्देश्य जनताको सेवा गर्ने देशको बिकास गर्ने र समृद्धि कायम गर्ने गरी देशको सार्बभौमसत्ताको रक्षा गर्ने वैदेशिक सम्बन्ध राम्रो राख्ने राज्यका आन्तरिक सबै निकाएसंग सहकार्य गरी देशको बिकास गर्ने हुनुपर्छ ।

नेपाली कांग्रेस देशको सबैभन्दा पुरानो पार्टी लोकतान्त्रिक पार्टी आज प्रतिपक्षमा रहेको छ भने कम्युनिस्ट पार्टी (नेकपा) सरकारको नेतृत्व गरिराखेको छ (केन्द्र सरकार ,प्रदेश सरकार ,स्थानीय सरकार ) । एकातर्फ कम्युनिस्टले सरकार चलाइरहदा काङ्ग्रेस आफ्नो प्रतिपक्षको उपस्थिति राम्रोसंग जनाइ राखेको छैन भने सरकार दिन प्रतिदिन अलोकपिय बन्दै गएको छ ।

यस्तो अबस्थामासमेत काङ्ग्रेसले लाभ लिन सक्ने प्रसस्त ठाँउ हुदाहुदै पनि काङ्ग्रेस चुकेको छ । आम जनता कांग्रेस बोलोस भन्ने चाहेका छन । कम्युनिस्टलाई भोट दिएर सरकारमा पठाए पनि सोचे अनुसारको काम गर्न नसकेकोले समर्थन गरेका जनताले नै कम्युनिस्टको बिरोध गरेको अबस्थामा काङ्ग्रेस शसक्त रूपमा बोल्न सकेको छैन ।

बन्दुकको नालबाट सत्ता प्राप्त हुन्छ भन्ने विचार बोकेकाले जनतासंग शिर निहुराएर हात जोडेर भोट मागेर शासन शत्ता समेत सन्चालन गरिरहेको अबस्थामा कांग्रेस पुरानै तरिकाले अगाडी बढी रहने हो भने नेतृत्व गर्ने अबसर प्राप्त नगर्ने अवस्था सम्म पनि आउन सक्छ । यो अर्थमा समय सापेक्ष रूपमा परिवर्तन हुन जरुरी छ । जनमतलाई बिश्वास नगर्ने कम्युनिस्ट पार्टीले त लोकतन्त्रमा बिश्वास गरीआफ्नो कम्युनिस्ट बिचार धारालाई समेत तिलान्जली दिइ अगाडी बढन सक्छन भने कांग्रेस किन समय सापेक्ष रूपमा परिवर्तन हुन नसक्ने (यो अर्थ मा बिचार सिद्धान्त नै परिबर्तन गर्न पर्छ भन्ने होइन ) । अहिले नेपाली काङ्ग्रेस आन्तरिक गुटगत राजनीतिमा नै अल्झिराखेको छ । देशलाई निकास दिइरहेको र दिन सक्ने पार्टी पटक पटक परिवर्तनको नेतृत्व गरेको ७० बर्ष देखिको जन चाहाना अनुसारको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको नेतृत्वकर्ता आज संविधानको कार्यान्वयन गर्ने सबालमा बढी जिम्मेवार बन्नु पर्ने छ ।

संविधानले गरेका राजनीतिक परिवर्तनहरु गणतन्त्र, संघीयता र अधिकार सम्पन्न स्थानीय तहलाई साथक पार्न संविधान को ईमानदारि पुर्बक प्रभाबकारी कार्यान्वयन गर्ने कुरा कांग्रेस मुख्य प्राथमिकतामा पर्नु पर्छ । संविधानको सफल कार्यान्वयनबाट देशलाई समृद्धिको दिशा तर्फ अगाडी बढाउनुपर्ने आवश्यकता छ । कम्युनिस्ट सरकार संविधान बिरोधी कदम चालिराखेको छ । संबैधानिक ब्यबस्था माथी प्रहार गरिराखेको छ । भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । यस्तो अबस्थामा कांग्रेस शसक्त रूपमा प्रस्तुत नहुने हो भने संविधान नै खतरामा पर्ने संभावना छ ।

सबभन्दा महत्त्वपूर्ण कुरा जन चाहाना र तात्कालिक परिस्थिति हो । जन चाहाना अनुसार र परिस्थिति अनुसार अगाडी बढ्न नसके भबिस्य छैन/ सफलता हासिल गर्न सकिदैन । हिजो जे थियो आज त्यो छैन र आज जे छ त्यो भोलि हुदैन । त्यसैले, कांग्रेसले समयको महत्त्वलाई बुझेर आफ्ना बिचार सिद्धान्त र नीति कार्यक्रमलाई सोही अनुसार कार्यान्वयन गर्न सकेमा कांग्रेसको हित हुनेछ, अन्यथा भविष्य राम्रो हुने छैन ।

जय नेपाल
दिनेश पन्त
सभापति
ने बि संघ ध ब क्या बागलुङ ।
२०७७-०५-१२

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -