- ADVERTISEMENT -

सगरमाथा संवाद’ मा क्यानडाको सक्रिय सहभागिता

February 11, 2020
998
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २८ माघ २०७६ । क्यानडाको सिनेटका सभामुख जर्ज जे. फ्युरीले नेपालले गर्न लागेको ‘सगरमाथा संवाद’ मा क्यानडाको सक्रिय सहभागिता रहने बताउनुभएको छ ।

सांसदसँग सोमबार भएको अन्तक्र्रियामा उहाँले सहभागिता जनाउने बताउनुभएको हो ।

- ADVERTISEMENT -

Advertisement

नेपाल र क्यानडाले जलवायु परिवर्तनको असर भोगिरहेको चर्चा गर्दै उहाँले सगरमाथा संवाद फलदायी हुने धारणा व्यक्त गर्नुभयो । उहाँले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना दिँदै नेपाल भ्रमणका लागि सकारात्मक सन्देश प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल र क्यानडाबीच लामो दौत्य सम्बन्ध भएको स्मरण गर्दै उहाँले अब नेपालको पर्यटन, व्यापार र लगानीको क्षेत्रमा सहयोगको गर्ने वचनबद्धता व्यक्त गर्नुभयो ।

क्यानडाको विकास निर्माण र सफलताका अनुभवलाई नेपालसँग साट्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । नेपाली प्रतिनिधिमण्डललाई पनि क्यानडामा स्वागत गर्न आतुर रहेको उहाँले बताउनुभयो । नेपालको छिमेकी देश चीनमा नोबेल कोरोना भाइरस फैलिएको भए पनि नेपाल सुरक्षित रहेको सन्देश बोकेर फर्किने उहाँले बताउनुभयो । यसबाट भ्रमण वर्षलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अन्तक्र्रियामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले उपयुक्त समयमा नेपाली प्रतिनिधिमण्डलको क्यानडा भ्रमण गर्ने कुरा सभामुख फ्युरीलाई बताउनुभयो । नेपाली काँगे्रसका सांसद पार्वता डीसी चौधरीले महिला बालबालिकालगायत क्षेत्रमा क्यानडाले गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले पर्यटन, व्यापार र लगानीको क्षेत्रमा थप सहयोग गर्ने फ्युरीको प्रतिबद्धताको स्वागत गर्नुभयो ।

राष्ट्रिय सभाका सांसद कमलाकुमारी ओलीले नेपाल भ्रमण वर्ष सफल पार्न क्यानडा सरकारले सहयोग गर्ने अपेक्षा राख्नुभयो । सङ्घीय संसद्मा नीति र कानुन निर्माणमा महिलाको सक्रिय सहभागिता रहेको जानकारी दिनुभयो ।

सभाको अवलोकन
नेपाल भ्रमणमा रहनुभएका क्यानडाको माथिल्लो सदन (सिनेट) का सभामुख फ्युरीले राष्ट्रिय सभाको अवलोकन भ्रमण गर्नुभयो । उहाँसँगै आएका संसदीय प्रतिनिधिमण्डलसहित फ्युरीले सोमबार अवलोकन भ्रमण गर्नुभएको हो ।

नेकपाका तर्फबाट राष्ट्रिय सभामा संसदीय दलका नेता दीनानाथ शर्माले नेपाल र क्यानडाको राजनीतिक विशेषता धेरै हदसम्म मिल्ने बताउनुभयो । उहाँले नेपाल र क्यानडा दुवै देशमा दुई सदनात्मक व्यवस्था र बहुदलीय राजनीतिक प्रणाली रहेको बताउनुभयो ।

उहाँले क्यानडामा संवैधानिक राजतन्त्र भएको प्रसङ्ग जोड्दै त्योबाहेक अन्य व्यवस्था एउटै भएको स्पष्ट पार्नुभयो । लोकतान्त्रिक मूल्य मान्यताका अन्तर्राष्ट्रिय मापदण्डलाई समेटेर नेपालको संविधान जारी भएको बताउनुभएको थियो । नेपाल र क्यानडाको दौत्य सम्बन्ध कायम भएको ६५ वर्ष पुगेको भन्दै नेता शर्माले सम्बन्धका आधारका रूपमा लोकतान्त्रिक मूल्य मान्यता रहेको चर्चा गर्नुभयो । समानता, समावेशिता क्यानडाको राजनीतिक प्रणालीका विशेषता भएको भन्दै उहाँले नेपालको संविधानमा पनि यस्तो व्यवस्था रहेको प्रष्ट्याउनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले विशेष समयमा बोल्दै संविधान सभाबाट जारी गरिएको नेपालको संविधान राजनीतिक दलहरूको सहमतिको दस्तावेज भएको बताउनुभयो ।
उहाँले नेपालको संविधानमा समावेशी, मानवअधिकार, पूर्ण प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण समेटिएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो,“नेपालको संविधानले शिक्षा, स्वास्थ्य, रोजगारी र आवासलगायतका हकको सुनिश्चितता गरेको छ । ”

संविधानको भावनाविपरीत कतिपय विधेयक ल्याएको भन्दै उहाँले विधेयक सच्याउन सरकारलाई सचेत गराउनुभयो । उहाँले अमेरिकी सहयोगी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसनबाट नेपालले प्राप्त गर्न लागेको ५५ अर्ब रुपियाँ अनुदानमा नेपालले लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“यसमा राजनीतिकरण नगरियोस्, अनुदानलाई जहाँ खर्च गर्ने भनेका छौँ, त्यसैमा खर्च गर्न आग्रह गर्छु । ”

राष्ट्रिय जनता पार्टी नेपालका सांसद रमेशप्रसाद यादवले संविधान संशोधन गरी छुटेका मुद्दाहरू समेट्न सरकारको ध्यानाकर्षण गराउनुभयो । क्यानडाको संसदीय प्रतिनिधिमण्डल आएको बेला राष्ट्रिय सभा बैठकको विशेष समय मात्र सञ्चालन भएको थियो । विशेष समयमा दलीय आधारमा राष्ट्रिय सभाका संसदीय दलका नेताहरूले बोल्नुभएको थियो । राष्ट्रिय सभा बैठकबाट सोमबारको कार्यसूची हटाइएको थियो । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -