- ADVERTISEMENT -

संघीयता खारेजीको प्रस्तावसहित राष्ट्रिय जनमोर्चाद्वारा संविधान संशोधन विधेयक दर्ता

June 3, 2020
716
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २१ जेठ २०७७ । राष्ट्रिय जनमोर्चाले संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ ।

संघीयता खारेजीको प्रस्ताव समेटेर जनमोर्चाले बुधबार संविधान संशोधन विधेयक दर्ता गरेको हो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल लगायत नेताहरु संघीय संसद सचिवालय पुगी संविधान संशोधनको प्रस्ताव दर्ता गराएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

सरकारले संसदमा संविधान संशोधन प्रस्ताव पेस गरेसँगै विभिन्न पार्टीहरुले आफ्नो तर्फबाट संशोधनको प्रस्ताव दर्ता गराइरहेका छन् । राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी र नेपाली कांग्रेसले यसअघि नै संशोधन प्रस्ताव दर्ता गराइसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -