- ADVERTISEMENT -

शिक्षित वर्गले मुलुक चलाउनुपर्छ : प्रदीप पौडेल

August 23, 2019
2796
Shares
- ADVERTISEMENT -

काठमाडौँ, ६ भाद्र २०७६ । कांग्रेसका युवा नेता प्रदीप पौडेलले मुलुकको राजनीतिमा युवाहरुको आवश्यकता रहेको बताउनु भएको छ ।

आज शुक्रबारबाट भृकुटीमण्डपमा शुरु नेपाल एजुकेसन फेस्टिभलको उद्घाटन गर्नु भएपछि पौडेलले मुलुकले नयाँ संविधान पाए पनि राजनीतिमा नयाँपन आउन नसकेकाले राजनीतिमा युवाहरुको प्रवेश जरुरी भएको बताउनु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

‘राजनीतिमा युवा नेताहरुको भूमिका प्रभावशाली नभए मुलुकले समृद्धि हासिल गर्न सक्दैन,’ ‘अहिले मुलुकको राजनीति एकातिर र समाज अर्कोतिर हिँडिरहेको छ ।’ पौडेलले भन्नुभयो ।

नेता पौडेलले राजतन्त्र फाले पनि राजतन्त्रात्मक प्रवृत्ति हटाउन नसकेको भन्दै समृद्धि ल्याउन शब्द बाचनबाट मात्र सम्भव नभएकाले समाजका हरेक क्षेत्रमा सफलता हासिल गर्न सकेमात्र समृद्धि सम्भव भएको बताउनु भयो ।

लामो समय राजनीतिमा लागेकै आधारमा र जेलनेल बसेको आधारमा अब मान्छेलाई नेतृत्व ल्याउन नहुने उहाको भनाइ थियो ।

‘नेपालमा शिक्षाको विकास भएका कारण गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर भएकाले विदेश गइरहनु पर्दैन । अब शिक्षितहरुले नै मुलुक चलाउने जिम्मा लिनुपर्छ ।’ भन्नुभयो । गुणस्तरीय शिक्षा निजी क्षेत्रका शिक्षण संस्थाले उपलब्ध गराए पनि महँगो भएको गुनासोलाई संवोधन गर्नुपर्ने उहाको जोड रहेको थियो । नाइन सेभेन सेभेन भेन्चर्सले आयोजना गरेको मेलामा उपत्यकाका दुई दर्जन बढी कलेजले स्टलहरु राखेका छन् ।

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -